आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

एनसेलको सेयर बेच्ने अजियाटाको निर्णयविरुद्ध उच्च अदालतमा रिट

images
शुक्रबार, मंसिर १५ २०८०
images
एनसेलको सेयर बेच्ने अजियाटाको निर्णयविरुद्ध उच्च अदालतमा रिट

अन्तरिम आदेशका लागि दुबै पक्षको छलफल आवश्यक पर्ने भन्दै छलफलका लागि बोलाउने आदेश भएको छ। 

images
images

काठमाडौं- दूरसञ्चार कम्पनी एनसेलमा रहेको ८० प्रतिशत सेयर बिक्री गर्ने मलेसियाको अजियाटा समूहको निर्णयविरुद्ध उच्च अदालत पाटनमा रिट परेको छ। 

images
images
images

गोकुलबहादुर रोकायाले नेपाली सेयर बिक्री मार्फत् नेपाल सरकारको स्वामित्वमा आउनसक्ने सम्भावनालाई रोक्न खोजिएको भन्दै अजियाटाको निर्णयविरुद्ध परेको रिटमा सुनुवाइ गर्दै न्यायाधीस दिपेन्द्रबहादुर अधिकारीको एकल ईजलासले कारण देखाउ आदेश जारी गरेको छ। 

images
images

विपक्षीका नाममा लिखित जवाफ माग गर्दै २५ गतेका लागि दुवै पक्षलाई छलफलमा बोलाउने आदेश भएको छ। 

images
images

रोकायाले अन्तरिम आदेश माग गर्दै कम्पनी रजिष्टारको कार्यालय, दूरसञ्चार प्राधिकरण, अजियाटा समूह लगायतलाई विपक्षी बनाइएको छ। 

अन्तरिम आदेशका लागि दुबै पक्षको छलफल आवश्यक पर्ने भन्दै छलफलका लागि बोलाउने आदेश भएको छ। 

अजियाटा समूहले सेयर बिक्री गर्ने र अहिले नै २० प्रतिशत सेयर भएको स्थानीय साझेदरले लिएर अहिलेको कानूनी व्यवस्थाअनुसार सरकारमा आउने स्वामित्व रोक्ने चलखेलको सम्भावना बढेको छ।


प्रकाशित : शुक्रबार, मंसिर १५ २०८००९:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend