आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

सिटीहलको ५५ प्रतिशत काम सकियो, फागुनमा म्याद सकिँदै

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, मंसिर १५ २०८०
images
सिटीहलको ५५ प्रतिशत काम सकियो, फागुनमा म्याद सकिँदै

हलको निर्माण लागत ८७ करोड ८८ लाख ८८ हजार आठ सय ८८ रहेको छ। सिटी हल बनेपछि भरतपुरमा ठूला सभा, सम्मेलन तथा कार्यक्रम आयोजना गर्न सहज हुने जनाइएको छ।

images
images

चितवन- चितवनमा निर्माणाधीन सिटीहलको ५५ प्रतिशत काम सम्पन्न भएको छ। निर्माण सुरु भएको तीन वर्षसम्ममा ५५ प्रतिशत मात्र काम भएको हो।

images
images
images

सिटी हलको पहिलोपटक थपिएको म्याद आगामी फागुन मसान्तमा सकिँदै छ। निर्माण २७ महिनामा सक्ने गरी निर्माणको जिम्मा इन्डो-सगुन-रौताहा जेभीले पाएको थियो। निर्माण कम्पनीले कोरोनालगायतका कारणले काममा ढिलाइ भएको जनाएको छ।

images
images

सिटीहलको मुख्य संरचनाको ट्रसका लागि फलामे पाइप भारतबाट आइसकेकाले अब निर्माणले गति लिने सघन सहरी तथा भवन निर्माण आयोजनाका प्रमुख झपटबहादुर थापाले बताए। उनका अनुसार तीन महिनाअगाडि भारतबाट मगाइएको ट्रसका लागि फलामे पाइप मंगलबारमात्रै यहाँ आइपुगेको हो।

images
images

ट्रस हाल्न करिब तीन महिना लाग्ने थापाले बताए। 'ट्रसका लागि भारतबाट मगाइएको पाइप आइपुगेको छ', उनले भने, 'केही आउने क्रममा छ । पाइपमाथि जोडिने पाता नेपालमै उत्पादन हुन्छ। अब धमाधम काम हुन्छ।'

भरतपुर महानगरपालिका-१० स्थित जिल्ला समन्वय समितिको कार्यालय पछाडि चार बिघा चार कट्ठा जग्गामा सिटी हल निर्माण हुँदैछ। सिटी हलमा दुई हजार मानिस अट्न सक्ने क्षमताको मुख्य हल र तीन सय मानिस अट्ने क्षमताको अर्काे हल हुनेछ। 

हलको निर्माण लागत ८७ करोड ८८ लाख ८८ हजार आठ सय ८८ रहेको आयोजनाका प्रमुख थापाले जानकारी दिए। उनका अनुसार हलमा पर्याप्त पार्किङको व्यवस्था गरिने छ।

सिटी हल बनेपछि भरतपुरमा ठूला सभा, सम्मेलन तथा कार्यक्रम आयोजना गर्न सहज हुने जनाइएको छ। सिटी हलको विसं २०७७ माघ १७ गते शिलान्यास गरिएको थियो। रासस


प्रकाशित : शुक्रबार, मंसिर १५ २०८००८:४३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend