सोमबार, माघ ७ गते २०८१    
सोमबार, माघ ७ २०८१
images
images

होटल, केबलरकार र थिम पार्कमा लगानी गर्न युएईका लगानीकर्तालाई महासंघ अध्यक्ष ढकालको प्रस्ताव

images
शुक्रबार, मंसिर १५ २०८०
images
images
होटल, केबलरकार र थिम पार्कमा लगानी गर्न युएईका लगानीकर्तालाई महासंघ अध्यक्ष ढकालको प्रस्ताव

अध्यक्ष ढकालले नेपालको उच्च हिमाली क्षेत्रका कृषि उत्पादन तथा जडिबुटीको बिश्व बजारमा माग रहेको र कृषि प्रशोधनमा समेत लगानीका थप अवसरहरू रहेको तर्फ पनि  युएईका लगानीकर्ताहरूको ध्यानाकर्षण गराए। 

images
images

दुबई- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले युएईका लगानीकर्ताहरूलाई नेपालमा लगानी बढाउन तथा नयाँ लगानीका अवसर छोप्न आग्रह गर्नु  गरेका छन्। 

images
images
images

दुबईमा आयोजित नेपाल युएई बिजनेस फोरमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालको अर्थतन्त्र देखिएको सुधारले लगानीकर्ताहरूलाई नयाँ अवसरहरू सिर्जना भएको बताएका हुन्। 

images

अध्यक्ष ढकालले ऊर्जा, पर्यटन, कृषि प्रशोधन र आईसीटी गरी चार क्षेत्रहरूमा लगानीको आकर्षण रहेको बताए। आफ्नै आन्तरिक बजार तथा  भारत र बङ्गलादेशका क्षेत्रीय बजारहरूमा ऊर्जाको माग बढिरहेकाले नेपालको जलविद्युतमा  गरिने लगानीले उच्च प्रतिफल दिने अध्यक्ष ढकालले उल्लेख गरे। 

images
images
images

अध्यक्ष ढकालले थप पर्यटकहरूलाई स्वागत गर्न नेपालमा नयाँ अन्तर्राष्ट्रिय विमानस्थलहरू सञ्चालनमा आएको र निजी क्षेत्रले  लक्जरी होटेल तथा रिसोर्टहरूमा लगानी बढाएको पनि  उल्लेख गरे। 

अध्यक्ष ढकालले युएईका लगानीकर्ताहरूलाई होटल, केबलकार, थिम पार्क र हिल स्टेसन लगायतका पर्यटन पूर्वाधारमा लगानी साझेदारीका लागि समेत आग्रह गरे। 

अध्यक्ष ढकालले नेपालको उच्च हिमाली क्षेत्रका कृषि उत्पादन तथा जडिबुटीको बिश्व बजारमा माग रहेको र कृषि प्रशोधनमा समेत लगानीका थप अवसरहरू रहेको तर्फ पनि  युएईका लगानीकर्ताहरूको ध्यानाकर्षण गराए। 

डिजिटल अर्थतन्त्रको विकासले आइसीटी क्षेत्रमा  युवाहरूको आकर्षण बढेकाले यस क्षेत्रमा समेत लगानी साझेदारीका सम्भावनाहरू प्रशस्त रहेको पनि अध्यक्ष ढकालले उल्लेख गरे। 


प्रकाशित : शुक्रबार, मंसिर १५ २०८००३:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend