सोमबार, जेठ ५ गते २०८२    
सोमबार, जेठ ५ २०८२
images
images

चार उच्च अदालतमा श्रव्यदृश्यको माध्यमबाट सुनुवाइ

images
बिहीबार , मंसिर १४ २०८०
images
चार उच्च अदालतमा श्रव्यदृश्यको माध्यमबाट सुनुवाइ

सर्वोच्च अदालतमा कोभिड-१९ का समयमा श्रव्यदृश्यका माध्यमबाट मुद्दाको सुनुवाइ प्रारम्भ गरिएको थियो। अहिले देशभरको जुनसुकै स्थानबाट पनि कानून व्यसायीले सर्वोच्च अदालतमा आफ्नो मुद्दामा बहस गर्न सक्ने भएका छन्।

images
images

काठमाडौं- उच्च अदालतका जुम्ला, महेन्द्रनगर, धनकुटा र हेटौँडामा आजदेखि श्रव्यदृश्यको माध्यमबाट मुद्दाको सुनुवाइ प्रारम्भ गरिएको छ। सर्वोच्च अदालतमा आज पत्रकार सम्मेलनको आयोजना गरी उक्त चार उच्च अदालतमा श्रव्यदृश्यमार्फत सुनुवाइको प्रारम्भ प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले गरेका हुन्।

images
images
images

उनले प्रविधिको माध्यमबाट मुद्दाको सुनुवाइ गर्दा समयको बचत हुने, कम खर्चिलो हुने र आम जनतामा न्यायमा पहुँच पुग्ने उद्देश्यले सेवा प्रारम्भ गरिएको जानकारी दिए। 'प्रविधिको माध्यमबाट न्यायमा पहुँच पुर्‍याउने कामको सुरुवात गरिरहेका छौँ, नेपालको भू-धरातलीय स्थितिले गर्दा दुर्गम क्षेत्रमा मानिसलाई एक गाउँबाट अर्को ठाउँमा पुग्न निकै कठिनाइ हुन्छ', प्रधानन्यायाधीश श्रेष्ठले पत्रकार सम्मेलनमा भने, 'छिटो छरितो, सरल, सुलभ तरिकाले प्रविधिमार्फत नागरिकमा न्यायमा पहुँच पुर्‍याउने उद्देश्यले सुरु गरिएको हो, सबै उच्च अदालतमा यो सेवा आगामी दिनमा गरिने तयारी छ।'

images
images

सर्वोच्च अदालतमा कोभिड-१९ का समयमा श्रव्यदृश्यका माध्यमबाट मुद्दाको सुनुवाइ प्रारम्भ गरिएको थियो। अहिले देशभरको जुनसुकै स्थानबाट पनि कानून व्यसायीले सर्वोच्च अदालतमा आफ्नो मुद्दामा बहस गर्न सक्ने भएका छन्।

images
images

त्यस्तै एक वर्षअघि उच्च अदालत दिपायल र इलाममा पनि मुद्दाको सुनुवाइ श्रव्य, दृश्यमार्फत बहस सुरू गरिएको थियो। उक्त अनलाइनबाट मुद्दाको सुनुवाइ गर्दा कानून व्यवसायीले आफ्नै ठाउँमा बसेर मुद्दामा बहस गर्न सक्नेछन्।

मुद्दाको अनलाइनबाट सुनुवाइ गर्नका लागि एउटा निवेदन दिनुपर्ने छ। सोहीअनुसार सर्वोच्च अदालतका सूचना प्रविधि शाखाले उक्त मुद्दाको पासवर्ड र आईडी बनाइ प्रवाह गर्नेछ र जुममार्फत कानून व्यवसायीले बहस पैरवी गर्ने व्यवस्था गरिएको छ। रासस


प्रकाशित : बिहीबार , मंसिर १४ २०८०१२:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend