सोमबार, जेठ ५ गते २०८२    
सोमबार, जेठ ५ २०८२
images
images

गोरखामा उत्पादित दूधले पाएन बजार, गाईलाई खुवाउँदै किसान

images
बिहीबार , मंसिर १४ २०८०
images
गोरखामा उत्पादित दूधले पाएन बजार, गाईलाई खुवाउँदै किसान

बिक्री नभएको दूध राख्न ठूला चिस्यान केन्द्र नहुँदा बिक्री नहुनेबित्तिकै खेर फाल्नुपर्ने अवस्था रहेको छ।

images
images

गोरखा- गोरखामा उत्पादित दूध बिक्री नभएपछि स्थानीय किसान चिन्तित भएका छन्। स्थानीयस्तरमा उत्पादित दूधले बजार नपाएर खेर फाल्नु परेपछि किसान समस्यामा परेका हुन्।

images
images
images

गोरखा नगरपालिका-९, स्थित जयगोरखकाली एग्रो एण्ड डेरी फार्मले उत्पादन गर्दै आएको दुई सय लिटर दूधले बिक्री नभए पनि खेर फ्याँक्नु परेको फार्म सञ्चालक भीमसेन बस्नेतले जानकारी दिए। फार्ममा दैनिक चारसय लिटर दूध उत्पादन गर्दै आएको भए पनि प्रत्येक दिन आधाजसो दूध  गाईलाई खुवाउनुपर्ने अवस्था रहेको उनले दुखेसो पोखे।

images
images

'सदरमुकामसहित जिल्लाभित्रका मुख्य बजारमा बाहिर जिल्लाबाट दूध आयात हुन्छ, सञ्चालक बस्नेतले भने, 'तर हामी स्थानीय किसानले उत्पादन गरेको दूध बिक्री नभएपछि दूध गाईलाई खुवाउनु परेको छ।'

images
images

उनले उत्पादन भएकोमध्ये करिब दुई सय लिटर दूध भने गोरखा बजार क्षेत्रमा घरघरमा पुर्‍याएर दैनिक बिक्री गर्ने गरेको जानकारी दिए। किसान बस्नेतले भने, 'बाँकी आधाभन्दा बढी दूध बिक्री नभएपछि कि त गाईलाई खुवाउनुपर्छ छ कि फ्याँक्नुपर्ने अवस्था छ।' उत्पादित दूधले बजारमा पाए मासिक साढे दुई लाखभन्दा बढी आम्दानी हुने उनले बताए।

'दैनिक चारसय लिटर दूध राम्रोसँग बिक्री भए दैनिक २६ हजार रूपैयाँको कारोबार हुन्छ,' बस्नेतले भने, 'त्यसबाट खर्च कटाएर मासिक रुपमा राम्रो आम्दानी हुने थियो।' बिक्री नभएको दूध राख्न ठूला चिस्यान केन्द्र नहुँदा बिक्री नहुनेबित्तिकै खेर फाल्नुपर्ने अवस्था रहेको छ।

फर्मबाट दैनिक एक हजार लिटर दूध उत्पादन गर्ने लक्ष्य रहेको उनको भनाइ छ। अहिले दुहुनाबाहेक पनि ५४ वटा कोरली गाई ब्याउने रहेको बस्नेतले बताए। 'सबै गाई ब्याएसँगै अब दैनिक करिब एक हजार लिटर दूध उत्पादन हुन्छ,' उनले भने, 'तर कहाँ लगेर बिक्री गर्ने भन्ने चिन्ता लागेको छ।'

गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगरले स्थानीय उत्पादनको बजारीकरणका लागि नगरपालिका आवश्यक पहल गरिरहेको बताए। 'नगरपालिकाले प्राविधिक र आर्थिक हिसाबले आफै कोल्डचेन सञ्चालन गर्ने अवस्था छैन, उनले भने, 'स्थानीय बजारमा खपत गराउनका लागि व्यवस्थित डेरी उद्योग सञ्चालन गर्न सकिन्छ कि भनेर परामर्श गरिरहेका छौँ।'

उनले स्थानीय उत्पादनमा जोड दिन नगरपालिकाले उत्पादनमा आधारित अनुदान कार्यक्रम ल्याउन लागेको समेत बताए। 'स्थानीय किसानले उत्पादन गरेको दूध खेर जाने र उपभोक्ताले बाहिरबाट आयात गरेर ल्याएको दूध उपभोग गर्नुपर्ने अवस्था राम्रो होइन,' उनले भने, 'यसमा व्यवस्थापन मुख्य समस्याको यसको समाधानका लागि नगरपालिकाले योजना बनाएर अघि बढ्छ।' रासस


प्रकाशित : बिहीबार , मंसिर १४ २०८००७:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend