आइतबार, मंसिर ९ गते २०८१    
images
images

नेपाल ल्युब आयल लिमिटेडद्वारा छात्रवृत्ति प्रदान

images
बिहीबार , मंसिर १४ २०८०
images
images
नेपाल ल्युब आयल लिमिटेडद्वारा छात्रवृत्ति प्रदान

बीसी अटोवर्कशप नाममा आफ्नै  वर्कशप सञ्चालन गर्दै आएका थिए।  

images
images

काठमाडौं- नेपालमा गल्फ लुब्रिकेन्ट उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत चितवन रत्ननगरका दूई विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ।

images
images
images

रत्ननगर वडा नं. १ निवासी सरस्वती चौधरीका दुई सन्तानलाई कम्पनीको तर्फबाट एक वर्षको लागि आवश्यक शैक्षिक शुल्क र शैक्षिक सामाग्रीबापतको एक लाख १५ हजार ३ सय रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो। 

images

रत्ननगरमै मेकानिकको रुपमा काम गर्ने सरस्वतीका श्रीमान् विक्रम चौधरीको २०७८ सालमा कोभिड महामारीका कारण मृत्यु भएको थियो। बीसी अटोवर्कशप नाममा आफ्नै  वर्कशप सञ्चालन गर्दै आएका थिए।

images

रत्ननगरको शिवकृपा अटोपार्टस् सेन्टरमा आयोजित एक औपचारिक कार्यक्रममा नेपाल ल्युब आयल लिमिटेडका मार्केटिङ म्यानेजर पूर्णिमा गौतम, चितवनका लागि नेपाल ल्युबको आधिकारिक बिक्रेता आशिर्वाद ट्रेडिङका सञ्चालक सुवास कँडेल, नेपाल अटो मेकानिकल एसोसियसनका पूर्वअध्यक्ष ठाकुरप्रसाद न्यौपाने, नेपाल अटो मेकानिकल व्यवसायी संघका महासचिव टिकादत्त अधिकारीलगायतले संयुक्तरुपमा चौधरी परिवारलाई चेक हस्तान्तरण गरेका हुन्।

नेपाल ल्युब आयल लिमिटेडका महाप्रबन्धक गंगाराज भट्टराईले कम्पनीले सधैँ नेपालमा कार्यरत मेहनती अटो मेकानिक्सहरुको क्षमता विकासमा ध्यान केन्द्रित गरेका बताए। अटो मेकानिक र उनीहरुका परिवारलाई आवश्यक परेको बेला सहयोग गर्नु कम्पनीको पनि दायित्व भएको उनको भनाइ छ।

‘मजदुरहरुलाई खुसी पार्न लाखौँ रकम भोजभतेर तथा खानपानमा खर्च गर्ने कार्यक्रम गर्नुभन्दा मजदुरको सन्तानको शिक्षादिक्षामा लगानी गर्दा समस्त परिवारको नै दिगोरुपमा विकास हुन्छ,’ भन्ने विश्वास नेपाल अटो मेकानिकल एसोसियसनका पूर्वअध्यक्ष ठाकुरप्रसाद न्यौपानेले व्यक्त गरे।  

फ्युल रिटेल र लुब्रिकेन्टको क्षेत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभदेखि इन्डष्ट्रियल सेक्टरसम्मका उत्पादन उपलब्ध गराउँछ।


प्रकाशित : बिहीबार , मंसिर १४ २०८००६:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend