सोमबार, जेठ ५ गते २०८२    
सोमबार, जेठ ५ २०८२
images
images

६९ लाख लागतमा अँधेरी खोलामा बन्दैछ झोलुंगे पुल

images
बिहीबार , मंसिर १४ २०८०
images
६९ लाख लागतमा अँधेरी खोलामा बन्दैछ झोलुंगे पुल
फाइल तस्बिर

वर्षौँदेखि खोलामा पुल नहुँदा किसानलाई खेतीपाती र बालबालिकालाई विद्यालय आवतजावतका लागि घण्टौँ पैदलयात्रा गर्नुपर्ने बाध्यता थियो। पुल निर्माण सुरु भएपछि यहाँका बासिन्दामा उत्साह थपिएको छ।

images
images

धुलिखेल- काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-३ अँधेरी खोलामा भदौरे र मजुवा जोड्ने झोलुंगे पुल निर्माण हुन थालेपछि यहाँका नागरिक उत्साहित बनेका छन्।

images
images
images

वर्षौँदेखि खोलामा पुल नहुँदा किसानलाई खेतीपाती र बालबालिकालाई विद्यालय आवतजावतका लागि घण्टौँ पैदलयात्रा गर्नुपर्ने बाध्यता थियो। पुल निर्माण सुरु भएपछि यहाँका बासिन्दामा उत्साह थपिएको छ। संघीय सरकारको ‘झोलुंगे पुल कार्यक्रम’अन्तर्गत रोशी गाउँपालिकाको लागत साझेदारी र उपभोक्ता समितिको श्रमदानमा पुल निर्माण अघि बढाइएको हो।

images
images

पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष च्यमा लामा थोकरका अनुसार स्वास्थ्यचौकीमा उपचारका लागि जानसमेत सास्ती खेप्नुपरेका यहाँका नागरिकलाई पुल निर्माणले धेरै आशा जागेको छ। सरस्वती प्राथमिक विद्यालय भदौरेका शिक्षिका निर्मला लामाले बालबालिकालाई सहज हुने बताइन्। 'बर्खामा खोला तर्न नसकेर खेतीपाती र गाउँघरमा आपसी सहयोग गर्नसमेत समस्या बेहोर्दै आएका थियौँ, अब त्यो हट्नेछ', उनले भनिन्।

images
images

स्थानीय वीरबहादुर लामाका अनुसार सडक सुविधा नहुँदा जिल्लाको विकट डाँडापारि महाभारत गाउँपालिकाको गोकुले र घर्तिछापका नागरिकले सदरमुकाम धुलिखेल आवतजावत गर्ने मुख्य नाका रहेको सो ठाउँ पछिल्लो समय ओझेलमा परेको बताए। सरस्वती प्राथमिक विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष कुष्णबहादुर लामाले बर्खाको बेलामा १०-१५ दिनसम्म खोला नघटेर बालबालिका विद्यालय जान नसक्ने अवस्था बेहोर्दै आएकामा अब यसबाट छुटकारा पाइने विश्वास व्यक्त गरे।

रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले त्यहाँका नागरिकको सहजताका लागि संघीय सरकारको झोलुंगे पुल कार्यक्रमअन्तर्गत गाउँपालिकाको साझेदारी र स्थानीय उपभोक्ताको श्रमदानमा आयोजना सञ्चालन भएको बताए।

संघीय सरकारको झोलुंगे पुल कार्यक्रमअन्तर्गत स्थानीय तह रोशी गाउँपालिकाको लागत साझेदारी र उपभोक्ता समितिको श्रमदानसहित ६९ लाख रूपैयाँको लागतमा पुल निर्माण भइरहेको हो। रासस


प्रकाशित : बिहीबार , मंसिर १४ २०८००६:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend