सोमबार, जेठ ५ गते २०८२    
सोमबार, जेठ ५ २०८२
images
images

वैदेशिक रोजगारीमा जाने यात्रुलाई अलपत्र पारेर उडे प्रधानमन्त्री, सुविधाका लागि ४२ सिट खाली

images
बिहीबार , मंसिर १४ २०८०
images
वैदेशिक रोजगारीमा जाने यात्रुलाई अलपत्र पारेर उडे प्रधानमन्त्री, सुविधाका लागि ४२ सिट खाली

काठमाडौंबाट दुबई उडानका लागि बुधबार साढे ११ बजेको तालिका तय भएको थियो। सोहीअनुसार निगमले यात्रुलाई टिकट दिएको थियो। 

images
images

काठमाडौं- नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) व्यवस्थापनको लापरबाही र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सचिवालयको दादागिरीका कारण रोजगारीका लागि दुबई जान लागेका ३१ यात्रुलाई अलपत्र बनाइएको छ।

images
images
images

काठमाडौंबाट संयुक्त अरब इमिरेट्सको दुबईका लागि बुधबार साढे ११ बजेको तालिका तय भएको थियो। सोहीअनुसार निगमले यात्रुलाई टिकट दिएको थियो। 

images
images

अन्तिम समयमा उडान तालिका साढे ९ बजे सारेर नेपाल एयरलाइन्सले रोजगारीमा जान लागेका ३१ यात्रुलाई उडानमा रोक लगाएको हो।प्रधानमन्त्री दाहालसहितको जम्बो टोली जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप-२८) मा सहभागी हुन नियमित उडानको जहाजमार्फत दुबई गएका हुन्। 

images
images

यात्रुहरू राति साढे ११ बजेको उडानका लागि विमानस्थल पुगेका थिए तर उडान तालिका पहिले नै सारेको जानकारी उनीहरूलाई थिएन।

नेपाल एयरलाइन्सको जहाजको क्षमता २७४ जना हो। त्यसका लागि टिकट काटेका ३१ जना खाली राखेर पनि २३२ जना यात्रुमात्र लिएर उडेको छ। प्रधानमन्त्रीको सुविधाका लागि भन्दै ४२ सिट खाली राखेर जहाज उडेको थियो। 

विमानस्थल कार्यालयलाई 'हामी यात्रुलाई जानकारी गराउँछौँ' भनेर निगमले जानकारी दिएको थियो। तर यात्रुलाई कुनै जानकारी नदिएको गुनासो आएको विमानस्थल कार्यालय स्रोत बताउँछ। केही यात्रुले सामाजिक सञ्जालमार्फत पनि आफूहरूलाई उडान समय फेरिएको जानकारी नदिइ नेपाल एयरलाइन्सले लापरबाही गरेको गुनासो गरिरहेका छन्।

आफूहरूको उडान छुटेको विषयमा नेपाल एयरलाइन्सका कर्मचारीलाई गुनासो गर्दा कर्मचारीहरूले 'भीभीआईपी भएकाले माथिको आदेशमात्र पालना गरेको भन्दै गैरजिम्मेवार जवाफ दिएको' गुनासो यात्रुहरूले गरिरहेका छन्।  

pm dubai.jpg

निगम कार्यकारी अध्यक्ष युवराज अधिकारीसहितको लापरबाहीका कारण प्रधानमन्त्रीको आसेपास जति आउँछन् सबैलाई लैजानका लागि यात्रुलाई जानकारी नदिएको निगम स्रोतले जनाएको छ।

'यतिसम्म कि प्रधानमन्त्रीको सचिवालयले कति जना उडानमा जाँदै छन् भनेर विवरण नदिइ जो आउँछन् उसलाई जहाजमा चढाउँदा यात्रु छुटेका हुन्', निगम स्रोतले भन्यो। 

यात्रुलाई रोकेर प्रधानमन्त्री सचिवालयका मान्छेलाई जहाज चढाउन निगमका कर्मचारीलाई सकस नै परेको थियो। निगम कर्मचारीका अनुसार 'टिकट लिएरभन्दा पनि फोनको भरमा जहाज चढाउने काम भएको थियो।'

प्रधानमन्त्री सचिवालयका कर्मचारीले जसलाई भन्छन् उसलाई मात्रै बोर्डिङ पास गराउने काम भएको निगम स्रोतले जनाएको छ। निगम व्यवस्थापनले अहिले पनि प्रधानमन्त्री सचिवालयका कति जना गए भन्ने कुनै जानकारी गराएको छैन।


प्रकाशित : बिहीबार , मंसिर १४ २०८००५:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend