सोमबार, जेठ ५ गते २०८२    
सोमबार, जेठ ५ २०८२
images
images

इप्पानको प्रमुख कार्यकारीमा भीम गौतम नियुक्त

images
बुधबार, मंसिर १३ २०८०
images
इप्पानको प्रमुख कार्यकारीमा भीम गौतम नियुक्त

इप्पानका नवनियुक्त प्रमुख कार्यकारी भीम गौतमसँग दुई दशक लामो पत्रकारिताको अनुभव छ।

images
images

काठमाडौं- स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को प्रमुख कार्यकारीमा भीमप्रसाद गौतम नियुक्त भएका छन्।ऊर्जा उत्पादकहरुको छाता संस्था इप्पानले गौतमलाई बुधबार ३ वर्षका लागि प्रमुख कार्यकारीमा नियुक्त गरेको हो। 

images
images
images

इप्पान अध्यक्ष गणेश कार्कीले गौतमलाई प्रमुख कार्यकारीको रुपमा इप्पानमा स्वागत गर्दै गौतमको कार्यकालमा इप्पानले नयाँ उचाई हासिल गर्ने विश्वास व्यक्त गरे।

images
images

इप्पानका नवनियुक्त प्रमुख कार्यकारी गौतमले पनि इप्पानलाई नयाँ उचाई दिन आफूले सतप्रतिशत योगदान दिने बताए।

images
images

काभ्रेपलाञ्चोकको बनेपाका गौतमसँग दुई दशक लामो पत्रकारिताको अनुभव छ भने पछिल्लो १५ वर्षदेखि ऊर्जा र पूर्वाधार क्षेत्रका विविध मुद्दामा कलम चलाउँदै आएका छन्।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) का पूर्व अध्यक्षसमेत रहेका गौतम राजधानी दैनिक, सौर्य दैनिक, रेडियो नेपाल, इमेज च्यानल, नेपाल वान च्यानल, कारोबार दैनिक हुँदै पछिल्लो समय नेपाल पूर्वाधार डट कममा सम्पादकीय नेतृत्वमा थिए।

नयाँ बानेश्वरस्थित सेफर्ड कलेजमा पत्रकारिता अध्ययपन गराउने गौतम अनुसन्धान गर्ने संस्था सीआरआई नेपालका कार्यकारी निर्देशकसमेत हुन्। उनले त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता विषयमै एमफिल गरेका छन्।

देशभरका ४ सय ५० भन्दा बढी ऊर्जा उत्पादकहरु आवद्ध रहेको इप्पान ऊर्जा उद्यमीहरुको साझा संस्था हो।

इप्पानमा आबद्ध संस्थामध्ये १ सय ६३ आयोजनाबाट १ हजार ७ सय मेगावाट विद्युत उत्पादन हुनुका साथै, ३ हजार २ सय मेगावाट क्षमताका १ सय ३६ आयोजनाहरु निर्माणाधीन र ३ हजार ५ सय मेगावाट क्षमताका १ सय २६ आयोजनाहरु निर्माणमा जाने तयारीमा छन्। क्षेत्रगत लगानीका हिसाबले सबैभन्दा धेरै लगानी भएको ऊर्जा क्षेत्रमा नेपालको निजी क्षेत्रबाट १३ खर्ब रूपैयाँ लगानी भइसकेको छ।


प्रकाशित : बुधबार, मंसिर १३ २०८००७:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend