आइतबार, मंसिर ९ गते २०८१    
images
images

एनसेलद्वारा 'लघु चलचित्र प्रतियोगिता २०२३' का विजेताहरुलाई सम्मान  

images
बुधबार, मंसिर १३ २०८०
images
images
एनसेलद्वारा 'लघु चलचित्र प्रतियोगिता २०२३' का विजेताहरुलाई सम्मान  

प्रतियोगितामा सहभागीता जनाएका लघु चलचित्रहरुमा प्रतियोगीहरुले आ-आफ्नै भिन्न शैलीमा कथाहरु पस्किएका थिए।

images
images

काठमाडौं- एनसेल आजियाटा लिमिटेडले तिहारअघि भाइटीकालाई लक्षित गरी आयोजना गरेको एनसेल लघु चलचित्र प्रतियोगिताको विजेताहरुलाई सम्मान गरेको छ। मंगलबार एनसेल आइकन लैनचौरमा आयोजित विशेष समारोहमा भाइटीका थिममा आयोजित यस प्रतियोगिताका विजेताहरुलाई पुरस्कार प्रदान गरिएको छ।

images
images
images

यस प्रतियोगितामा १८ वर्षीय सजिल बस्नेत र उनको समूहले निर्माण गरेको लघु चलचित्रले प्रथम बन्दै १ लाख नगद पुरस्कार जित्न सफल भएको छ। सन्तोष शाक्य र उनको समूहले फस्ट रनरअपका रुपमा विजयी बनेर ७५ हजार नगद पुरस्कार जितेको छ भने १६ वर्षीय प्रयत्न थापा र उनको समूहले सेकेन्ड रनरअप बनेर ५० हजार नगद पुरस्कार जित्न सफल भएको छ।

images

प्रतियोगितामा सहभागीता जनाएका लघु चलचित्रहरुमा प्रतियोगीहरुले आ-आफ्नै भिन्न शैलीमा कथाहरु पस्किएका थिए। प्रतियोगितामा मनोज भेले र अवेनिस थापालाई स्पेशल मेन्सन पुरस्कार प्रदान गरिएको थियो र प्रकाश नगरी र उनको समूहलाई शीर्ष ५ लघु चलचित्रमा पर्न सफल भएकोमा पुरस्कार प्रदान गरिएको थियो।

images

एनसेल लघु चलचित्र प्रतियोगिताले सिर्जनशील फिल्म निर्माताहरूलाई उनीहरुका काम र प्रतिभालाई आम दर्शकसामु पुर्‍याउने अवसर प्रदान गर्ने एनसेलले जनाएको छ। पुरस्कार वितरण समारोहमा एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले सहभागी र विजेता समूहलाई बधाई दिँदै भने, 'यो प्रतियोगितामा विजयी भएका प्रत्येक सहभागीले आफ्नो नयाँ पहिचानका साथ राम्रो काम गर्न सक्नुहुन्छ। स्टोरी टेलिङ एउटा महत्त्वपूर्ण सीप हो र यसले हाम्रा समाजका सामाजिक, वातावरणीय र सांस्कृतिक मुद्दाहरूलाई उजागर गर्दै मानिसको मन र विचार बदल्न सक्दछ।'

यसैगरी, एनसेलका चिफ कमर्सियल अफिसर उमेर मोहसिनले भने, 'एक ब्रान्डको रूपमा स्थानीय प्रतिभाहरूलाई समर्थन गर्नु हाम्रो जिम्मेवारी हो। यसै अन्तर्गत हामी एक सानो भूमिका खेलिरहेका छौँ तर भविष्यका लागि स्थानीय उदीयमान सर्जकहरूलाई अझ ठूलो र राम्रो गर्न सक्षम बनाउन प्लेटफर्म प्रदान गर्न पाउँदा खुसी छौँ।'

स्थानिय कन्टेन्ट अर्थात सामाग्री र प्रतिभाको विकासमा सहयोग पुर्‍याउने हेतुले आयोजना गरिको यो प्रतियोगिता आकर्षक कथा र प्रस्तुतिमार्फत दर्शकको मन जित्ने खालको चलचित्र बनाउन सक्ने सबै इच्छुक व्यक्ति वा समूहलाई लक्षित रहेको थियो।

यस लघु चलचित्र प्रतियोयिताका निर्णायक मण्डलका सदस्यहरु निर्देशक, निर्माता तथा अभिनेता आशिफ शाह र मल्टिमिडिया स्टोरीटेलर तथा द रेकर्ड नेपालकी सहाना बज्राचार्य पनि पुरस्कार वितरण समारोहमा उपस्थित थिए। विजयीहरुको घोषणा भाइटीकाको दिन गरिएको थियो र उत्कृष्ट लघु चलचित्रहरु सोही दिन एनसेलको सोसल मिडिया प्लेटफर्ममार्फत सार्वजनिक गरिएको थियो। 

यस प्रतियोगितामा सहभागी हुन प्रतियोगीहरुले दीदीभाइहरूको हृदयस्पर्शी सम्बन्धलाई ३ देखी ५ मिनेटको चलचित्रमा सुन्दर ढंगमा प्रस्तुत गरेको हुनु पर्ने सर्त रहेको थियो। साथै ‘हामी तपाईँकै लागि’ विषयवस्तु वरिपरि कथामा एनसेलको सरप्राइज योजना, रिचार्ज, डेटा वा भ्वाइस प्याक प्रयोगका बारेमा एक वा बढी तत्वहरू समावेश गनुपर्ने सर्तहरु थिए।


प्रकाशित : बुधबार, मंसिर १३ २०८००५:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend