काठमाडौं- एसियन पेन्ट्स नेपालले जाजरकोट भूकम्प पीडितका लागि ५० लाख रूपैयाँ राहत उपलब्ध गराएको छ।
विपद् प्रभावित क्षेत्रमा पुनर्स्थापना र पुनर्निर्माणमा सहयोग पुर्याउन कम्पनीले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५० लाख रूपैयाँ राहत रकम सहयोग गरेको हो।
एसियन पेन्ट्सका कन्ट्री डाइरेक्टर जी गोपालकृष्णनले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लाई सो रकमबराबरको चेक हस्तान्तरण गरेको कम्पनीले जनाएको छ।