सोमबार, जेठ ५ गते २०८२    
सोमबार, जेठ ५ २०८२
images
images

रुकुमपश्चिममा भूकम्पपीडितको अस्थायी आवासका लागि रकम निकासा

images
मंगलबार, मंसिर १२ २०८०
images
रुकुमपश्चिममा भूकम्पपीडितको अस्थायी आवासका लागि रकम निकासा

त्रिवेणी गाउँपालिकामा अस्थायी आवास निर्माणका लागि ६४ घर परिवारका लागि पहिलो किस्ताबापतको रकम पठाउने निर्णय भएको हो।

images
images

रुकुमपश्चिम- रुकुमपश्चिममा भूकम्पपीडितको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताबापतको रकम निकासा सुरु गर्न लागिएको छ। पहिलो किस्ताबापतको रकम स्थानीय जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको कोषमा उक्त रकम पठाउन लागिएको हो।

images
images
images

जिल्ला विपद् व्यवस्थापन समितिले त्रिवेणी गाउँपालिकामा अस्थायी आवास निर्माणका लागि ६४ घर परिवारका लागि पहिलो किस्ताबापतको रकम पठाउने निर्णय गरेको हो। भूकम्पबाट प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि-२०८० (दोस्रो संम्शोधन समेत) परिच्छेद २ को ३ (१) बमोजिम उक्त रकम निकासा गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बडूवालले जानकारी दिए।

images
images

उनका अनुसार पहिलो किस्तामा एक घरपरिवारले पाउनुपर्ने २५ हजार रूपैयाँ रकम स्थानीय जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको कोषमा पहिलो किस्तामा १६ लाख रकम पठाइने छ। अस्थायी आवास पूर्ण निर्माण भएपछि बाँकी रकम पठाइने उनको भनाइ छ।

images
images

भूकम्पबाट घर क्षति भएकालाई अस्थायी आवास निर्माणका लागि सरकारले ५० हजार रूपैयाँ राहत उपलध गराउने निर्णय गरिसकेको छ। त्रिवेणी बाहेक अन्य पालिकाबाट कुन-कुन घर परिवारले रकम पाउने भन्ने विवरण नआइसकेकाले ती पालिकाका लागि रकम निकासा भने हुन सकेको छैन। रासस


प्रकाशित : मंगलबार, मंसिर १२ २०८०११:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend