सोमबार, माघ ७ गते २०८१    
सोमबार, माघ ७ २०८१
images
images

लम्पी स्किनबाट पीडित ३१ किसानले पाए साढे तीन लाख रूपैयाँ राहत

images
मंगलबार, मंसिर १२ २०८०
images
images
लम्पी स्किनबाट पीडित ३१ किसानले पाए साढे तीन लाख रूपैयाँ राहत

म्याग्दे गाउँपालिकाले लम्पी स्किनपीडित किसानलाई प्रतिपशु दश हजार रूपैयाँका दरले राहत हस्तान्तरण गरेको हो।

images
images

दमौली- म्याग्दे गाउँपालिकाले लम्पी स्किन रोगको संक्रमणका कारण पीडित किसानलाई राहत हस्तान्तरण गरेको छ। गत आर्थिक वर्षमा महामारीका रुपमा फैलिएको लम्पी स्किन रोगबाट पशु मरेका किसानलाई राहतस्वरुप प्रति पशु दश हजार रूपैयाँका दरले राहत वितरण गरिएको हो।

images
images
images

व्यवसाय पुनःस्थापन सहयोग कार्यक्रमअन्तर्गत ३१ जना किसानलाई ३५ पशुको प्रतिपशु दश हजार रूपैयाँका दरले सहयोग प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए। उनका अनुसार सातवटै वडाका किसानलाई गरी कुल तीन लाख ५० हजार रूपैयाँ राहत प्रदान गरिएको छ।

images

लम्पी स्किन रोगबाट ४० चौपायाको मृत्यु भएकामा बीमा नगरिएका ३५ पशुको राहत रकम प्रदान गरिएको अधिकारीले बताए। उनले भने, 'गतवर्ष महामारीका रुपमा फैलिएको लम्पी रोगका कारण सात वटै वडाका किसान प्रभावित भएका थिए। गाउँपालिकाभर ४० गाई, गोरु, भैँसी, राँगा मरेका थिए। त्यसमध्ये पाँच वटा पशुको बीमा गरिएको थियो। बीमा नगरेकालाई गाउँपालिकाले राहतस्वरुप केही रकम सहयोग गरेको हो।'

images
images
images

किसानलाई सोमबार गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा राहत रकम हस्तान्तरण गर्दै अध्यक्ष श्रीप्रसाद श्रेष्ठले भने, 'लम्पी स्किनबाट देशभर पशु सङ्क्रमित भई मृत्युसमेत भयो। हाम्रो पालिकामा पनि उक्त रोगको सङ्क्रमण फैलियो। पशु मरेका किसानलाई केही राहत होस् भनेर व्यवसाय पुनःस्थापन कार्यक्रम ल्याएका हौँ।'

गाउँपालिकाका पशु सेवा शाखा प्रमुख डा विनय शाहका अनुसार गाउँपालिकाका सातवटै वडामा लम्पी स्किनको सङ्क्रमण फैलिएको थियो। सङ्क्रमितमध्ये एक दशमलव ०९ प्रतिशत पशु मरेका थिए। उनका अनुसार गाउँपालिकाले लम्पी स्किनविरुद्ध दुई हजार गाईभैँसीलाई उक्त खोप लगाइसकेको छ। रासस


प्रकाशित : मंगलबार, मंसिर १२ २०८००८:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend