आइतबार, मंसिर ९ गते २०८१    
images
images

सुनको मूल्यमा कीर्तिमान, किन बढिरहेको छ मूल्य?

images
मंगलबार, मंसिर १२ २०८०
images
images
सुनको मूल्यमा कीर्तिमान, किन बढिरहेको छ मूल्य?

सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुग्दा चाँदीको मूल्य भने आज स्थिर छ।

images
images

काठमाडौं- नेपाली बजारमा सुनको मूल्यमा मंगलबार नयाँ रेकर्ड कायम भएको छ। यो साता लगातार बढिरहेको सुनको मूल्यमा सोमबारको रेकर्ड मंगलबार ब्रेक भएको हो।

images
images
images

मंगलबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख १७ हजार ७ सय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १७ हजार एक सय ५० रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

images

यो साता आइतबार तोलामा ६ सय रूपैयाँले बढेर छापावाल सुनको मूल्य प्रतितोला एक लाख १६ हजार ९ सय रूपैयाँ कायम थियो भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १६ हजार ३ सय ५० रूपैयाँ कायम थियो।

images

सोमबार तोलामा पाँच सय रूपैयाँले वृद्धि भइ हालसम्मकै उच्च बिन्दुमा पुगेको सुन प्रतितोला एक लाख १७ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो। मंगलबार प्रतितोला तीन सय रूपैयाँले बढेको हो।

चाँदीको मूल्य भने आज स्थिर छ। सोमबार तोलामा १५ रूपैयाँले बढेर प्रतितोला १५ सय मूल्य कायम भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ। आइतबार चाँदी तोलामा ३५ रूपैयाँले बढेर प्रतितोला १४ सय ८५ रूपैयाँ कायम थियो।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले प्रतिऔँस २ हजार अमेरिकी डलरको बिन्दु छोएको छ।

पाँच महिनापछि सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा फेरि उच्च बिन्दुको यात्रामा रहेको छ। यही कारणले नेपाली बजारमा पनि सुनको मूल्य उच्च बिन्दुमा पुगेको छ। नेपाली बजारमा मूल्यले उच्च बिन्दु छुनुको कारण अन्तर्राष्ट्रिय बजारको मूल्यवृद्धिमात्र होइन डलरको अधिमूल्यन पनि मुख्य कारण हो। 

नेपालमा अन्तर्राष्ट्रिय मूल्यका आधारमा सुनको भाउ निर्धारण गरिन्छ। अन्तर्राष्ट्रिय बजारमा अघिल्लो दिन राति १२ बजे कायम भएको प्रतिऔँस सुनको मूल्य भोलिपल्ट भन्सार दर, बैंकको लागत र नाफा, वैदेशिक विनियम दर र व्यवसायीको नाफा जोडेर मूल्य तय गरिन्छ।

नेपालमा सुनको मूल्य निर्धारणको जिम्मा सुनचाँदी व्यावसायी महासंघलाई दिइएको छ।

२०६६ साल अघि नेपालमा खुल्लारुपमा सुनको आयात गर्न पाइन्थ्यो। २०६६ पछि भने नेपाल राष्ट्र बैंकले बैंकिङ च्यानलबाट मात्रै सुनको आयात गर्न पाइने नियम बनायो। त्यतिबेला जुनसुकै वाणिज्य बैंकले दैनिक १० किलो सुन आयात गर्न सक्थे।

दैनिक सुन आयातको कोटालाई तलमाथि गर्दै आएको छ राष्ट्र बैंकले। आवश्यकताअनुसार राष्ट्र बैंकले सुनको कोटा निर्धारण गर्दै आएको छ। हाल दैनिक २० किलो सुन आयात गर्न पाइन्छ। 


प्रकाशित : मंगलबार, मंसिर १२ २०८००५:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend