काठमाडौं- नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको साधारण सभा आगामी पुस तेस्रो सात हुने भएको छ। सोमबार बसेको कार्यसमिति बैठकले नयाँ नेतृत्व चयन गर्ने एजेण्डासहितको साधारण सभाको मिति तय गरेको हो।
आगामी पुस २० र २१ गते नाडाको ४७औँ साधारण सभा काठमाडौंमा गर्ने निर्णय सोमबारको कार्यसमिति बैठकले गरेको हो।
नाडाको साधारण सभाले आगामी दुई वर्षको लागि नयाँ नेतृत्व समेत चयन गर्ने छ। साधारण सभामा निर्वाचनमार्एफत एक अध्यक्ष, १७ जना सदस्यको निर्वाचित हुनेछन्। निर्वाचित सदस्यहरू मध्यबाट पदाधिकारीको निर्वाचन हुने व्यवस्था नाडाको विधानमा छ।
त्यस्तै साधारण सभाले सात वटै प्रदेशका लागि प्रदेश अध्यक्षहरू पनि चयन गर्नेछ।
विभिन्न व्यवसायिक घरानाका नयाँ कार्यसमितिको नेतृत्वका लागि चर्चा भइरहेपनि हालसम्म कसैले पनि औपचारिक रूपमा अध्यक्ष पदका लागि उमेद्वारी घोषणा गरेका छैनन्।
सोमबार साधारण सभाको मिति तय भएकाले अबको केही दिनमै उमेद्वारी घोषणा हुनेछ। यो पटक पनि निर्वाचनमा दुई प्यानल हुने सम्भावना धेरै छ।
देशभरबाट नाडाको निर्वाचनका लागि ३३ सय सदस्यले नयाँ नेतृत्व चयनका लागि मतदान गर्ने छन्।