सोमबार, माघ ७ गते २०८१    
सोमबार, माघ ७ २०८१
images
images

प्रदेश सरकारले महिलालाई उद्यमी बनाउने 

images
सोमबार, मंसिर ११ २०८०
images
images
प्रदेश सरकारले महिलालाई उद्यमी बनाउने 

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले महिलालाई तालिम मात्र होइन उद्यमी बनाउनका लागि आवश्यक बजेट छुट्याएको बताए।

images
images
मोरङ- कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारले महिलालाई उद्यमी बनाउने बताएका छन्।
 
मानव अधिकार रक्षक सञ्जाल कोशीद्वारा आज यहाँ आयोजित प्रदेशस्तरीय ‘महिलावादी मञ्च-२०८०’ सम्मेलनको उद्घाटन गर्दै उनले महिलालाई तालिम मात्र होइन उद्यमी बनाउनका लागि आवश्यक बजेट छुट्याएको बताए।
 
मुख्यमन्त्री कार्कीले महिलाको आर्थिकस्तर वृद्धि गर्न जुनसुकै कठिन परिस्थितिमा पनि सरकार जनताको पक्षमा काम गर्ने बताए। फरक प्रसंगमा उनले आफूले जनताको पक्षमा काम गरिरहेकाले तत्काल पदबाट नहट्ने बताए।
 
सरकार प्रदेशको मानवीय सूचकांक बढाउने कार्यमा लागिपरेको बताउँदै मुख्यमन्त्री कार्कीले प्रदेशका बालबालिका उपचार नपाएर मृत्यु हुने अवस्थाको अन्त्य गरिने बताए। सरकारले बाटो, सामुदायिक भवनलगायत क्षेत्रमा बजेट कटौती हसन नदिने प्रस्ट पारे। मुख्यमन्त्री कार्कीले विभेदरहित समाज निर्माण गर्न महिला अगाडि आउनुपर्नेमा जोड दिँदै यस कार्यमा सरकार साथमा रहने प्रतिबद्धतासमेत व्यक्त गरे।
 
नेकपा एमाले प्रदेश अध्यक्ष घनश्याम खतिवडाले महिलामाथि हुने घरेलु हिंसा तथा अन्य कुरीतिविरुद्ध एकजुट भएर लड्ने प्रतिबद्धता व्यक्त गरे। महिला राष्ट्रिय सञ्जालकी संस्थापक अध्यक्ष डा रेणु अधिकारीले लोकतान्त्रिक पद्धतिमा महिलाको आवाज तीनै तहको सरकारले सुन्नुपर्नेमा जोड दिइन्।
 
सञ्जालकी प्रदेश अध्यक्ष मन्जिता उपाध्याय, प्रदेशसभा सदस्य मिना श्रेष्ठ, महिला मानव अधिकार रक्षक मोरङकी अध्यक्ष इन्दु चौधरीलगायतले महिलामाथि हुने असमानता एवं अपमानको विरोधमा महिला आफै अगाडि आउनुपर्ने बताएका थिए।
 
दुईदिने सम्मेलनमा प्रदेशसभाका महिला सदस्य, प्रदेशअन्तर्गतका जिल्लाका उपप्रमुख, सञ्जालका प्रतिनिधि, मानवअधिकारकर्मी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिलगायतको सहभागिता थियो। रासस


प्रकाशित : सोमबार, मंसिर ११ २०८०११:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend