सोमबार, माघ ७ गते २०८१    
सोमबार, माघ ७ २०८१
images
images

स्थायी शिक्षक वैदेशिक रोजगारीमा गए, व्यवस्थापन समितिका अध्यक्षले पढाउँदै

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, मंसिर ११ २०८०
images
images
स्थायी शिक्षक वैदेशिक रोजगारीमा गए, व्यवस्थापन समितिका अध्यक्षले पढाउँदै

अधिकारीसँगै उनकी श्रीमती भारती अधिकारी पनि बेलबारी-३ मा रहेको भगवती माविमा निम्न माध्यमिक तह विज्ञान दरबन्दीको शिक्षक थिइन्। उनी पनि शिक्षण पेसाबाट राजीनामा दिएर श्रीमानसँगै वैदेशिक रोजगारीमा गएकी छिन्।

images
images

मोरङ- मोरङको बेलबारी-११ लक्ष्मीमार्गमा रहेको लक्ष्मी माध्यमिक विद्यालयका स्थायी शिक्षक वैदेशिक रोजगारीमा गएपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्षले विद्यार्थीलाई पढाउन थालेका छन्। 

images
images
images

विद्यालयका माध्यमिक तह विज्ञान दरबन्दीका शिक्षक भूपराज अधिकारीले स्वेच्छिक अवकाश लिएर क्यानडा प्रस्थान गरेपछि विद्यार्थीको पठनपाठनमा बाधा नपुगोस् भनेर अर्को शिक्षकको व्यवस्था नभएसम्म आफैँ अध्यापन गर्न थालेको अध्यक्ष गोविन्द भण्डारीले बताएका छन्।

images

अध्यक्ष भण्डारीसँग यसअघि पनि पढाएको अनुभव छ। उनी सोही विद्यालयका पूर् विज्ञान शिक्षकका साथै प्रधानध्यापकसमेत हुन्। 

images
images
images

लामो समय सोही विद्यालयमा अध्यापन गराएका भण्डारी सेवानिवृत भएपछि सोही विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भएका हुन्।

व्यवस्थापन समितिको अध्यक्ष भएपछि पनि उनले विद्यार्थीको पठनपाठनमा कुनै बाधा नपुगोस् भनेर अध्यापन गराएको बताए।

शिक्षा विकास तथा समन्वय एकाइ मोरङका प्रमुख टंकप्रसाद गौतमले स्थानीय पालिका तथा उक्त विद्यालयबाट शिक्षक मागसम्बन्धी कुनै पनि पत्र नआएको, शिक्षक मागसम्बन्धी पत्र आएमा कार्यालय शिक्षक तुरुन्तै पठाउन तयार रहेको बताए।

शिक्षक भूपराज अधिकारीसँगै उनकी श्रीमती भारती अधिकारी पनि बेलबारी-३ मा रहेको भगवती माविमा निम्न माध्यमिक तह विज्ञान दरबन्दीको शिक्षक थिइन्। उनी पनि शिक्षण पेसाबाट राजीनामा दिएर श्रीमानसँगै वैदेशिक रोजगारीमा गएकी छिन्। रासस


प्रकाशित : सोमबार, मंसिर ११ २०८००३:५८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend