काठमाडौं- अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। आज १ अमेरिकी डलरको बिक्रीदर १३३.७० रुपैयाँ भएको छ। शनिबार १ अमेरिकी डलरको बिक्री दर १३३.७० रुपैयाँ कायम भयो।
यसअघि १ अमेरिकी डलरको मूल्य १३३.६७ रुपैयाँ पुगेको थियो। आज १ अमेरिकी डलरको खरिद दर भने १३३.१० रुपैयाँ रहेको छ।
यस्तै आज १ युरोको खरिद दर १४५.२५ रुपैयाँ र बिक्री दर १४५.९१ रुपैयाँ छ।
१ पाउण्डको खरिद दर आज १६७.१५ रुपैयाँ र बिक्री दर १६७.९० रुपैयाँ तय भएको छ।