काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा उद्योगी व्यवसायीको मर्यदाक्रम नै नभएको गुनासो गरेका छन्।
नवौँ उद्योग दिवसको अवसरमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ढकालले उद्योगी व्यवसायीलाई सरकारी संरचनाले मर्यादाक्रममा समेत हेप्ने गरेको बताए।
'यो कार्यक्रममा उद्योगीको सूची नै अन्तिममा राखिएको छ', उनले भने, ‘अर्थतन्त्रमा ८०/८१ प्रतिशत योगदान दिएको यो क्षेत्रमा लाग्नेलाई सम्मान र मर्यादा दिन सरकारले ध्यान दिएन।’