बिहीबार , असोज ३ गते २०८१    
images
images

सिप्रदीले गाईघाटमा सञ्चालनमा ल्यायो टाटा मोटर्सको ‘सर्टिफाइड ग्यारेज’

images
शुक्रबार, मंसिर ८ २०८०
images
images
सिप्रदीले गाईघाटमा सञ्चालनमा ल्यायो टाटा मोटर्सको ‘सर्टिफाइड ग्यारेज’

सम्पुर्ण टाटा कमर्सियल गाडीका ग्राहकहरुलाई सहज तथा आफ्नो स्थान पाएक सेवा तथा सुविधाहरु प्रदान गर्ने उदेश्य अनुरुप सर्टिफाइड ग्यारेज अवधारणाको विकास भएको हो सिप्रदीले जनाएको छ।

images
images

काठमाडौं- नेपालका लागि टाटा मोर्टसको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले सम्पूर्ण टाटा कमर्सियल गाडीहरुका लागि गाईघाटमा लक्ष्मी इन्टरप्राइजेजलाई सर्टिफाईड ग्यारेजको मान्यता प्रदान गरेको छ।

images
images
images

मंसिर ६ गते टाटा मोटर्स कस्टमर क्येर कमर्सियल भेहिकल डिभिजनका सार्क रिजन हेड राजीव शर्मा तथा त्रियुगा नगरपालिकाका उप मेयर महेश्वरी राईले सर्टिफाइड ग्यारेजको उद्घाटन गरेका हुन्। 

सम्पुर्ण टाटा कमर्सियल गाडीका ग्राहकहरुलाई सहज तथा आफ्नो स्थान पाएक सेवा तथा सुविधाहरु प्रदान गर्ने उदेश्य अनुरुप सर्टिफाइड ग्यारेज अवधारणाको विकास भएको हो सिप्रदीले जनाएको छ। हाल नेपाल भरी १५ वाट सर्टिफाइड ग्यारेजलाई मान्यता प्रदान गरी ग्राहकहरुलाई सहजरुपमा सेवा तथा सुविधाहरु प्रदान गरिरहेको छ। 

नेपालभरी विभिन्न स्थानमा सर्टिफाइड ग्यारेज स्थापना गर्ने योजना कम्पनीको रहेको छ। नेपालभरी सिप्रदीको २६ वटा सर्भिस सेन्टर, ७ वटा आधिकारिक सर्भिस सेन्टर, १५ वटा सर्टिफाइड ग्यारेज र १ सयभन्दा बढी आकस्मिक मर्मत सेवा केन्द्रहरु रहेका छन्।

images

उक्त अवसरमा टाटा मोटर्स कस्टमर क्येर कमर्सियल भ्येकल डिभिजनका सार्क रिजन हेड राजिव शर्माले टाटा गाडी बिक्री गर्नु मात्र आफ्नो उदेश्य नभइ बिक्री पछिको सेवा तथा सुविधाहरुमा पनि ग्राहकहरुको आजको आवश्यक्तालाई पहिचान गरी त्यस आवश्यक्तालाई कसरी परिपूर्ती गर्न सकिन्छ भन्ने कुरामा त्यतिकै जोड दिएको र त्यही अनुरुप ग्राहकको आवश्यक्तालाई ध्यानमा राखि विभिन्न स्थानमा सर्भिस संजालको विस्तार गर्ने र दक्ष तथा अनुभवि जनशक्तिको विकास गरि सहज तथा सुलभ सेवाहरु प्रदान गर्दै जाने बताए। 

त्यसैगरी त्रियुगा नगरपालिकाका उप मेयर महेश्वरी राईले यस्ता व्यवसायहरुको स्थानीय स्तरमा निकै महत्वपूर्ण भुमिका रहेको हुन्छ। स्थानीय युवाहरुलाई देशमा नै स्वरोजगार बनाइ राष्ट्र निर्माणको बाटोमा लागेकामा धन्यावाद दिइन्। 

त्यसै अवसरमा लक्ष्मी इन्टरप्राइजेजका मेनेजिङ डाइरेक्टर लक्ष्मी नारायण श्रेष्ठले टाटा मोटर्सको सम्पूर्ण सिस्टमहरुलाई अबलम्बन गर्दै ग्राहकहरुलाई उच्चकोटीको सेवा तथा सुविधाहरु प्रदान गर्नमा प्रतिबद्घ रहेको जानकारी दिए। 

त्यस अवसरमा टाटा मोटर्स कस्टमर क्येर कमर्सियल भ्येकल डिभिजन नेपालका प्रतिनिधि मृनाल सेन, सिप्रदी कस्टमर क्येर कमर्सियल भेहिकल डिभिजनका उप महाप्रबन्धक सरद न्यौपाने, सिप्रदीका चिफ मेनेजर सुवासकुमार दासको साथमा ग्राहकहरुको पनि उपस्थिति रहेको थियो।


प्रकाशित : शुक्रबार, मंसिर ८ २०८०१०:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend