मंगलबार, माघ ८ गते २०८१    
मंगलबार, माघ ८ २०८१
images
images

दाङको सिमठाना र सिमठानीमा खानेपानी विस्तार गरिँदै

images
बिहीबार , मंसिर ७ २०८०
images
images
दाङको सिमठाना र सिमठानीमा खानेपानी विस्तार गरिँदै

खानेपानीको समस्या भोग्दै आएका यहाँका करिब तीन सय घरधुरीका लागि जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमार्फत खानेपानी विस्तारको काम अघि बढेको हो।

images
images

तुलसीपुर- लुम्बिनी प्रदेश सरकारको लगानीमा दाङको दङ्गीशरण गाउँपालिका-७ स्थित सिमठाना र सिमठानी गाउँमा खानेपानीको काम अघि बढेको छ। खानेपानीको समस्या भोग्दै आएका यहाँका करिब तीन सय घरधुरीका लागि जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमार्फत खानेपानी विस्तारको काम अघि बढेको हो।

images
images
images

यसअघि कुवाको पानीको भरमा यहाँका बासिन्दाको दैनिकी चलिरहेकामा कुवा पनि सुकेपछि थप समस्या भएको थियो। कुवा सुकेपछि जरुवाको अशुद्ध पानीको भरमा दैनिकी चलाएका यहाँका स्थानीय शुद्ध पानी पाउने भएपछि खुसी भएका छन्।

images

कार्यालयका इन्जिनियर वसन्तकुमार दुलालका अनुसार खानेपानीका लागि बोरिङ तयार भइसकेको छ। 'एकसय २२ मिटर गहिरो खनेर बोरिङ तयार पारेका छौँ', उनले भने, 'अहिले तयार पारिएको बोरिङबाट २० लिटरप्रति सेकेन्ड पानी फालिरहेको छ।' योसँगै अब ओभरहेड ट्यांकी निर्माणको कामलाई अगाडि बढाउन थालिएको उहाँको भनाइ थियो।

images
images
images

ओभरहेड ट्यांकी निर्माण भएमा यहाँका प्रतयेक घरमा खानेपानी पुर्‍याउन सकिने दुलाले बताए। उनका अनुसार चालु आर्थिक वर्षमा लुम्बिनी प्रदेश सरकारले ५० लाख रूपैयाँ बजेट विनियोजन गरेको छ। उक्त बजेटले अहिले काम भइरहेको उहाँको भनाइ थियो।

थप बजेट आवश्यक परेमा व्यवस्थापन गरेर घरघरमा खानेपानी पुर्‍याइने प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले बताए। ‘एक घर, एक धारा’ भन्ने प्रदेश सरकारको नारा नै भएकाले आफूहरुले खानेपानी नपुगेको ठाउँमा खानेपानी पुर्‍याउने गरी काम अघि बढाइरहेको उनको भनाइ थियो। 'खानेपानी पुर्‍याउने सरकारको दायित्व हो', मन्त्री मास्कीले भने, 'सिमठाना र सीमठानी गाउँमा छिट्टै खानेपानी पुर्‍याउने गरी काम भइरहेको छ।' 

विद्युत् र पम्प हाउस जडान गरेमा छिट्टै यहाँका बासिन्दाले खानेपानी पाउने गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले बताए। पहिलो चरणमा घरघरमा खानेपानी पुर्‍याउने उद्देश्यले खानेपानीका लागि आवश्यक संरचना निर्माण अघि बढाइएको उनले बताए। रासस


प्रकाशित : बिहीबार , मंसिर ७ २०८०११:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend