मंगलबार, माघ ८ गते २०८१    
मंगलबार, माघ ८ २०८१
images
images

जुम्लाको गिडीदह प्रवर्द्धनका लागि पदमार्ग निर्माण

images
बिहीबार , मंसिर ७ २०८०
images
images
जुम्लाको गिडीदह प्रवर्द्धनका लागि पदमार्ग निर्माण

अप्ठ्यारो बाटो, उचित बासस्थानको अभावलगायतले गिडीदहमा पर्यटक जान कठिन छ। दहसम्म पुग्नका लागि पदमार्ग निर्माण गरिएको हो।

images
images

जुम्ला- जुम्लाको तातोपानी गाउँपालिका-४ मा रहेको ताल गिडीदह प्रवर्द्धनका लागि पदमार्ग निर्माण गरिएको छ।

images
images
images

गिडीदहमा पर्यटक बढाउने उद्देश्यले पदमार्ग निर्माणदेखि दहको सौन्दर्य र महत्त्वबारे थप प्रचारप्रसार सुरु गरिएको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईँले बताए। 

images

अप्ठ्यारो बाटो, उचित बासस्थानको अभावलगायतले गिडीदहमा पर्यटक जान कठिन छ। यहाँका सुन्दर पाटन, भेडिखर्क, तालतलैया, जडीबुटी र फूलको अवलोकनका लागि पर्यटक आकर्षित गर्न सकिन्छ। दहसम्म पुग्नका लागि पर्यटकीय पदमार्ग बनाउन सुरु गरिएको हो।

images
images
images

पर्यटनमार्फत आर्थिक रूपमा समृद्ध बनाउने लक्ष्यसहित काम अघि बढाइएको वडाध्यक्ष अमर रोकायाको भनाइ छ। समुद्री सतहदेखि तीन हजार ४८२ मिटर उचाइमा अबस्थित गिडीदहमा दुईवटा दह (ताल) छन्।

'गिडीदहसम्म पुग्न बाटो ठूलो समस्या हो। त्यसपछि खान र बस्नको पनि समस्या छ', अडाध्यक्ष रोकायाले भने। गाउँपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमार्फत तातोपानीका पर्यटकीय क्षेत्रलाई प्रवर्द्धन गर्ने नीति लिएको थियो। रासस


प्रकाशित : बिहीबार , मंसिर ७ २०८००८:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend