सोमबार, वैशाख २४ गते २०८१    
images
images

एलन मस्कले सुरु गरेको ईभी ‘प्राइस वार’ टेस्लाले यसकारण जित्न सक्दैन

images
images
images
एलन मस्कले सुरु गरेको ईभी ‘प्राइस वार’ टेस्लाले यसकारण जित्न सक्दैन

तर एलन मस्कले यसबारे खासै चासो दिएका छैनन्। उनले यो सोचेका छन् की मूल्य कटौतीबाट पनि आफूले पैसा बनाउन सकिन्छ, त्यो पनि अहिलेकै समयमा। 

images
images

काठमाडौं- प्रतिस्पर्धाले नयाँ दबाब सृजना गरेसँगै टेस्लाले गएको एक वर्षमा विभिन्न मोडलका विद्युतीय कारको मूल्य २५ प्रतिशतसम्म कटौती गरिसकेको छ। टेस्ला मोडल थ्रीको मूल्य ४८ हजार डलरबाट ४४ हजार ३ सय ८० डलरमा झरिसकेको छ। 

images
images
images

त्यस्तै लक्जरी मोडल एसको मूल्य १ लाख ३० हजार डलरबाट ९६ हजार ३ सय ८० डलरमा झरेको छ। कारहरूको मूल्यमा अझै केही कटौती गर्ने संकेत सीईओ मस्कले गरेका छन्। 

images

मूल्यमा यो स्तरको अस्वभाविक कटौतीलाई सामान्य व्यवसायिक रणनीति मानिँदैन, व्यवसायलाई स्वच्छ दीर्घता दिन। अटोमोबाइल इतिहासमा कुनैपनि ब्रान्डले एउटै कारको एक वर्षमा २० प्रतिशतभन्दा बढी मूल्य कटौती भएको आफूलाई यसअघि थाहा नभएको रिसर्च फार्म कोक्स अटोमोटिभका निर्देशक मार्क स्क्रिमरले बताएका छन्। टेस्लाले कम वा भनौँ प्रतिस्पर्धी मूल्यले कार बिक्री बढ्ने र प्रतिस्पर्धीको तुलनामा आफ्नो ब्रान्ड प्रति उपभोक्ता आकर्षित हुने अपेक्षा राखेको छ। 

images

तर जे भइरहेको छ त्यो यथार्थ होइन। मूल्य कम हुँदैमा त्यो उच्च संख्याको बिक्रीमा परिणत हुन्छ भन्ने ग्यारेन्टी छैन। पछिल्लो तथयांकअनुसार तेस्रो त्रैमासमा टेस्लाको विस्तविक कार बिक्रीमा गिरावट आएको छ। कार बिक्री घट्नुको असर आम्दानीमा प्रत्यक्ष रुपमा देखियो। यसले उक्त समयमा टेस्लाको कुल नाफासमेत साँघुर्‍याएको छ। गत वर्षको तेस्रो त्रैमासमा टेस्लाको नाफा २५.१ प्रतिशत रहेकोमा यो वर्षको सोही अवधिमा नाफा १७.९ प्रतिशतमा सीमित भएको छ। यद्यपी टेस्लाका प्रतिस्पर्धीहरूले आफ्नो व्यवसायिक रणनीनिमा खासै बदलाब ल्याउने संकेत गरेका छैनन्। 

images
images

टेस्लाले ‘प्राइस वार’बाट के प्राप्त गर्ने खोजेको हो, त्यो समयक्रमसँगै थाहा लाग्दै जाला। तर पूर्णतः विद्युतीय कार बिक्रीमा टेस्लाको दबदबा रहेको अमेरिकामै टेस्लाले बजार हिस्सा गुमाउँदै गएको छ। सुरुवाती समयमा अमेरिकाको विद्युतीय कार सेगमेन्टमा टेस्लाको बजार हिस्सा ६२ प्रतिशत थियो जुन आज आइपुग्दा ५० प्रतिशत मात्रैमा सीमित भएको छ। 

यो परिस्थितिलाई थप खराब हुनुमा आम मानिसमा जसरी ईभी रोज्ने ट्रेन्डको विकास हुने अपेक्षा सवारी उत्पादकले गरेका थिए त्यो नहुनु पनि हो। यही विषयलाई मध्यनजर गर्दै टेस्लाले कारको प्राइस वारलाई स-सानो अंशमा मैदानमा ल्याइरहेको छ। 

‘यदी तपाईंले प्राइस वार सुरु गर्ने हो भने तपाईंसँग मूल्य घटाउने पर्याप्त ठाउँ बाँकी हुनुपर्छ र त्यसरी मूल्य घटाउँदासमेत व्यवसाय नाफामा हुनुपर्छ,’ वार्टन स्कुलका मार्केटिङ प्राध्यापक जोन झाङले भनेका छन्, ‘र यस्तो प्राइस वारलाई निरन्तरता दिइरहन सक्नुपर्छ। वार कि पार नहुन्जले लड्न सक्नुपर्छ र तपाईंसँग अघि बढ्ने ठोस योजना पनि हुनुपर्छ। यसले देखाउँछ तपाईंले कसरी जित्नु हुन्छ।’

यसकाबीच केही विज्ञहरूले प्राइस वारमा विजय हासिल निक्कै परको विषय भएका बताएका छन्। अटोमोबाइल इतिहासलाई केलाएर हेर्दा हालसम्म प्राइस वारले कम्पनीको नाफा मार्ने बाहेक अन्य उपलब्धी भएको नदेखिएको उनीहरूको भनाइ छ। प्रविधिका कारण उत्पादन र त्यसको लागत यसरी घटिरहेको छ कि वस्तुको अन्तिम मूल्य कति हो र त्यो कुन समयसम्म हो भन्ने यकिन गर्नै सकिने अवस्था छैन। यो प्राइस वार जित योग्य छ वा छैन त्यो समयले बताउला तर टेस्ला सीईओ मस्कले प्राइस वारका लागि जुन समय छनोट गरे त्यो गलत हो। 

यता परम्परागत कार निर्माताहरू विद्युतीय सवारीको भविष्यबारे अझै पनि पर्ख र हेरको अवस्थामा छन्। त्यसैले उनीहरूलाई सामान्य मूल्य घटाउनुले त्यति ठूलो असर पर्दैन। उनीहरूले विद्युतीय कार सानो संख्यामा उत्पादन गरिरहेको र इन्टरनल कम्बस्चन इन्जिन कारबाट राम्रो नाफा बनिरहेको छ। एलन मस्कको प्राइस वारमा उनीहरू सामान्य रुपमा सहभागी छन् जसको प्राभव कम्पनीको वासलातमा खासै पर्दैन। तर परम्परागत कार कम्पनीहरूको जस्तो सुनिश्चित नाफा आउने उत्पादन टेस्लाको छैन। मस्कका लागि प्राइस वारले कस्तो प्रभाव पार्छ त्यो भने हेर्न बाँकी नै छ। 

टेस्लाले निम्त्याउन सक्ने समस्या

मस्क पूर्णतः हताश अवस्थाबाट कारको मूल्यमा ठूलो छुट दिने स्थितिमा पुगेका हुन्। यसको पुष्टि हालै सार्वजनिक भएको तेस्रो त्रैमासमा टेस्लाका कार बिक्रीको संख्याले गर्छ। त्यतिमात्र होइन टेस्लाको क्यासफ्लोसम्म प्रभावित हुने अवस्था आएको छ। गत वर्षको तेस्रो त्रैमासमा टेस्लाको क्यासफ्लो ३.४ अर्ब डलर थियो भने यो वर्षको सोही अवधिमा क्यासफ्लो ८४ करोड ८० लाख डलरमा सीमित भएकोछ। 

महत्वपूर्ण कुरा त के भने टेस्लाको ग्रस मार्जिन पनि निरन्तर घटिरहेको छ। ग्रस मार्जिन कम्पनीको खर्चपछिको नाफा हो जसले कम्पनीको वित्तीय अवस्था दर्शाउने बिजनेस इनसाइडरमा लिनेट लोपेजले लेखेकि छन्। ग्रस मार्जिन घट्दा भरखभखर टेस्लामा लगानीकर्ता बनेर भित्रिएकाहरूलाई भयवित बनाउने छ। 

टेस्लाले २ वर्षयता निरन्तररुपमा मूल्य कटौती गरिरहेको मोडल थ्री र मोडल एसको बिक्री भने कम्पनीको पोर्टफोलियोमा सबैभन्दा धेरै बिक्री हुने कारमा पर्छ। तर मुख्य बिक्री हुने मोडलबाटै नाफा कम हुँदा टेस्लाले समस्या झेल्न सक्छ। टेस्ला परम्परागत कार उत्पादक फोर्ड, जीएम जस्तो कम्पनी नभएकाले यो प्राइस वार लामो समय थेग्न कठिन हुन्छ। टेस्लाका कारको मूल्य कटौती गर्ने वा अन्य निर्णय लिन सीईओ मस्क नै सर्वज्ञ हुन्। 

दुर्भाग्यवस लागतमा मूल्य कटौतीबारे कसैले पनि भन्दैनन् र त्यो एलन मस्कले पनि भन्ने सक्ने कुरा भएन। तेस्रो त्रैमासमा टेस्लाको पुँजीगत खर्च यो वर्षको उच्च बिन्दुमा पुगेर २ अर्ब ४० करोड डलर भएको छ। गत वर्षको सोही अवधिमा यस्तो खर्च १ अर्ब ८० करोड डलरमात्र थियो। यदी उत्पादनको मूल्य घट्दै जाने र उत्पादन लागत बढ्दै जाने हो भने प्रार्थना नै गरेपनि मार्जिन बस्न कठिन हुन्छ।  

महिनौँदेखि मस्कले मूल्य कटौतीलाई क्याम्पेनका रुपमा लगिरहेका छन् र यसबारे उनले अन्य केही बाहिर ल्याउने समेत चाहेका छैनन्। प्राइस वार कहिले मत्थर हुने र त्यो गर्दा पनि मार्जिन सुधार बारे मस्कले कुनै सुइँको दिएका छैनन्। तर उनी प्राइस वारमा भिड्नका लागि सदाबहार तयार देखिन्छन्। यसले उनको यो निर्णयले उनलाई रसातलमै लाने सम्भावना पनि छ। वाल स्ट्रिटले पनि मस्कको यो निर्णयले कुनै बेला टेस्लाको खराब समय आउने स्वीकार गरेको छ। मस्कको यो विषय तथ्यमा आधारित हो वा कल्पनामा भन्ने कुरा थाहा पाउन भने केही समय कुर्नुपर्ने छ। 

मस्कको यो योजना र काम बारे उनीमात्र विश्वस्त छन् तर उनका लगानीकर्ता सन्तुष्ट देखिएका छैनन्। टेस्लाको नाफा घटेसँगै कम्पनीको सेयर मूल्य समेत १५ प्रतिशतले घटेको छ। 

पूरै ईभी बजार नगद प्रवाह संकटमा 

मस्कको प्राइस वार सीमित समयका लागि हुने धेरैको अनुमान थियो। तर यो निरन्तर हुने देखिएपछि धेरैले यसलाई संकटको संकेतका रुपमा लिएका छन्। विभिन्न पक्षबाट विद्युतीय सवारीमा लगानी भइरहेको छ। पेट्रोलियम इन्जिनबाट विद्युतीय सवारीमा विश्व सवारी उद्योग संक्रमणकालीना अवस्थामा छ। तर जुन रुपमा विद्युतीय सवारीको माग बढ्ने अनुमान गरिएको थियो त्यो भने हुन सकेको छ्रैन।  

विज्ञहरूले भविश्य विद्युतीय सवारीकै भएको र यसका लागि के समय लाग्ने छ। अमेरिकासहित विश्वभरबाट इन्टरनल कम्बस्चन इन्जिन क्रमिक रुपमा सडकबाट पार्किङमा जोन छन्। हाललाई ईभी उत्पादकले सुरुमा सोचेजस्ता उपभोक्ताको रोजाइमा ईभी नजानुका दुई कारण छन्। एउटा नयाँ प्रविधिको सर्वस्वीकार्यता हुनका लागि लामै समय लाग्छ। अर्को हो मन्दी उन्मुख रहेको विश्व अर्थतन्त्र।

अहिले विश्वभरका उपभोक्ताहरू मूल्य प्रति संवेदनशील छन्, जुन ईभीका लागि दुःखद् कुरा हो। यद्यपी विद्युतीय सवारीको औषत बिक्री मूल्य भने कम हुँदै गएको छ। गत वर्ष विद्युतीय सवारीको औषत मूल्य ६५ हजार डलर थियो भने २०२३ को जुलाईमा त्यो ५३ हजार ६ सय ३३ डलरमा आइपुगेको थियो। यो अझै सिमग्रमा नयाँ सवारीको मूल्यको तुलनामा केही हजार डलर महँगो छ। ईभीको बिक्री संख्या अपेक्षाकृत नहुँदा उत्पादक कम्पनीहरूले यसको बिक्री पर्याप्त नगद बनाउन सकिरहेका छैनन्। 

एलन मस्कको मैदानमा साइबरट्रक थपिँदै 

परम्परागत कार निर्माताहरू फोर्ड, जनरल मोटर्सदेखि बीएमडब्लू र मर्सिडिजसम्मले ईभीको प्राइस वारको चुनौतीलाई आ-आफ्नो स्थानबाट बहन गरिरहेका छन्। पेट्रोलियम कार सरह नै ईभी उपलब्ध गराउन उनीहरू अध्ययन तथा अनुसन्धानमा तल्लिन छन्।

‘फोर्डले ग्यास, हाइब्रिड र विद्युतीय सवारीलाई सन्तुलित रुपमा उत्पादन गरिरहेको छ। यसले ईभीको स्वीकार्यता बढाउन मद्दत गर्छ जुन अन्यले समान रुपमा गर्न कठिन छ,’ फार्डका वित्त प्रमुखले हालै एक कार्यक्रमा भनेका छन्, ‘यो उपभोक्ताका लागि पनि राम्रो हो किन कि उनीहरूले ईभी हाइब्रिड वा आईसीई जुन पनि किन्ने छनोट पाउँछन्। स्वभाविक रुपमा फोर्डलाई पनि फाइदा नै पुग्छ र कम्पनीको क्यासफ्लोमा पनि राहत हुन्छ।’ 

परम्परागत कार निर्माताकोे समग्रमा कार उत्पादन लागत (ईभी, आईसीई र हाइब्रिड) समायोजन हुन्छ। तर टेस्लाको हकमा यो विकल्प छैन। 

musk and tesla price war.PNG

‘मस्कले सुरु गरेको प्राइस वारमा अब उनले केही गर्न सक्ने म देख्दिन,’ कोक्स अटोमोटिभका निर्देशक मार्क स्क्रिमरले भनेका छन्, ‘प्राइस वार सुरु गर्दा पुराना कम्पनीले गर्न सक्ने प्रतिस्पर्धा बारे कम आंकलन गरेको देखिन्छ। मस्कले मूल्य कटौती गर्दा मागमा समस्या भएर गरेको स्वीकार गरेका छैनन्। तर मैले यति लामो सयम यही क्षेत्रमा बिताउँदा मस्कले भनेजस्तो पाएको छैन।’

यदी मस्कले दुरगामी रुपमा हेरेका हुन्थे भने उनले कारको मूल्य घटाउने नभइ लागतबारे प्रस्ट्याउनु पथ्र्यो। यता अधिकांश सवारी उत्पादकका प्रमुखहरूले मस्कले सुरु गरेको प्राइस वारमा सहभायी हुन इन्कार गरेका छन्। उनीहरूको अनुभवले प्राइस वारमा सहभागी भएर जित्न नसकिने बरु त्यसलाई व्याख्यात्मक रुपमा बुझाउन लाग्नु पर्ने सिकाएको छ। बीएमडब्लूका सीईओ ओलिभर जिप्सेले प्राइस वार गर्ने वा त्यसमा जाने आफूहरूको रणनीति नभएको बताएका छन्।  

मूल्य धेरै भएर उपभोक्ता पर्खर हेरको अवस्थामा हुँदा वा अर्थतन्त्र मन्दीउन्मुख हुँदा प्राइस वारमा लागेर व्यापार पढाउनु राम्रो उपाय नभएको पुष्टि यसअघि पनि भइसकेको छ। २००८ को विश्व अर्थिक मन्दीका बेला हुन्डाईले उपाभोक्ता के कसरी नयाँ कार किन्नबाट रोकिएका छन् र उनीहरूलाई पछि कसरी आफ्नै ब्रान्डमा ल्यान सकिन्छ भन्ने रणनीति लिएको थियो न की मूल्य घटाएर कार व्यापार बढाएको थियो। बरु उसले अर्को अफर पनि दिएको थियो। त्यो हो कुनै उपभोक्ताले आफ्नो कार किनेको र उसको जागिर गए कम्पनीले नै सो कार लिगिदिने योजना ल्याएको थियो। यस्तो समयमा बरु बजारको अध्ययन अनुसन्धान र विज्ञापनमा काम गर्नु बढी रचनात्मक मानिन्छ।

यता टेस्ला र एलन मस्कले सुरुवाती चरणमा उल्लेखित जस्तै काम गर्न खोजेका थिए तर पछिल्लो पटक त्यसको ठ्याक्कै विपरित गरिरहेको छ। मस्कले टेस्ला र उनको सार्वजनिक प्रोफाइलका कारण नै टेस्लाका कार चर्चित भएको र टेस्लाका नाममा विज्ञापन गर्नु बेकार भएको बताउँदै आएका छन्। यद्यपी टेस्लाको बोर्डले भने विज्ञाउन गर्नका लागि स्वीकृति प्रदान गरेको छ। 

टेस्लाको बहुप्रतिक्षित विद्युतीय कार साइबरट्रक पनि बजारमा आउँदै छ। २०२१ मै बजारमा आउने भनिएको यो कार अहिलेसम्म बिक्रीका लागि आइसकेको छैन। अबको केही समयमै उक्त कार बिक्रीका लागि बजारमा आउँदैछ। यसको मूल्य, माग र प्रतिक्रिया कस्तो आउँछ त्यो हेर्न बाँकी छ। साइबरट्रकलाई पनि मस्कले प्राइस वारको जंगमा उतार्छन् वा उतार्दैनन् केही समयपछि थाहा हुनेछ। 

हार्ने युद्ध

यदी टेस्लाले आफ्नो बजार हिस्सा कायम राख्नका लागि तत्काललाई धेरै कार बिक्री उद्देश्यले मूल्य कटौती गरेको हो भने त्यो त्यति धेरै गलत नहुन सक्छ। दीर्घकालिन रुपमा यतिले नै पनि टेस्लाको छवि धुमिल्याउन सक्छ। जब कम्पनीले तोकिएको वस्तुको मूल्यसँग खेल्छ उसले उपभोक्ताको चाहनासँग पनि खेलिरहेको झाङले बताएका छन्। जब उपभोक्ताले ४० हजार डलरमा स्तरीय ईभी पाउँछन् त्यसपछि उनीहरू कहिल्यै सोही ईभीका लागि ५० वा ६० हजार डलर तिनै जाँदैनन्। अहिले उपभोक्तालाई केही मूल्य घटाएर कार किन्न प्रेरित गरिन्छ भने त्यो कम्पनीले भविष्यमा लाखौँ डलर गुमाउन पुग्छ। 

कार उत्पादन गरेर बिक्री गर्नु महँगो व्यवसाय हो। यदी मूल्य घटाउँदा पनि पर्याप्त वा तय भएको न्यूनतम संख्या बिक्री भएन भने त्यसले टेस्लाको योजनामै धक्का लाग्न सक्छ वा उसले योजनाहरू छिटो बदल्नु पर्ने हुन्छ। 

मूल्य कटौतीले हिलो ६० हजार डलरमा टेस्लाका कार किनेका उपभोक्ता पछुताउने छन्। किन की उनीहरूले केही महिनामात्र कुरेको भए त्यही कार ५ देखि १० हजार डलरसम्म सस्तोमा पाउने थिए, उनीहरूको हजारौँ डलर बच्ने थियो। यसले उपभोक्तामा कायम रहेको ब्रान्ड लोयल्टीमा ह्रास आउने छ। यतिसम्म की चीनमा त पहिले महँगो मूल्यमा टेस्लाका कार किनेकाहरूले कारको मूल्य घटेपछि एककठ्ठा भएर विरोधसमेत जनाएका थिए। 

तर एलन मस्कले यसबारे खासै चासो दिएका छैनन्। उनले यो सोचेका छन् की मूल्य कटौतीबाट पनि आफूले पैसा बनाउन सकिन्छ, त्यो पनि अहिलेकै समयमा। 

अटोमोबाइल इतिहासले अनुभवि टिमबाट नै प्रतिफल निस्कने देखाएको छ। टेस्लासँग त्यस्तो टिम त छैन तर उनले आफैँ उक्त कुरा सिक्दै विकास गरिरहेको छ। टेस्ला इंकका वित्तीय प्रमुखले गएको अगस्टमा राजीनामा दिएका थिए। १३ वर्षदेखि टेस्लामै काम गरिसकेको र सबैभन्दा त्रैमासिक रुपमा धेरै नाफा हासिल गरेको अनुभव पनि उनीसँग थियो। टेस्लाले नयाँ वित्तीय प्रमुखका रुपमा ज्याक किरखोर्सलाई नियुक्त गर्दैछ।

बिक्रीको स्टेरिङ र एक्सिलेटरका लागि मूल्य कटौतीमात्र पर्याप्त हुँदैन। यदी टेस्लाले व्यावसायलाई स्वच्छ प्रतिस्पर्धि बनाउन चाहेको हो भने उसले उपभोक्तालाई आह्वान गर्नुपर्छ र प्राइस वार अन्त्य भएको बताउनु पर्छ। एलन मस्कका फ्यान र टेस्लाका पूर्वप्रयोगकर्ताहरू भने यो कुरामा असन्तुष्ट हुन सक्छन्। 

मन्दीको संघारमा प्राइस वार छोड्नु पनि चुनौतीपूर्ण विषया हो जुन टेस्लाले यसअघि कहिल्यै भोगेको थिएन। टेस्ला विगत केही वर्षयता राम्रै गरि अघि बढी रहेको थियो त्यसको मुल कारण हो ‘फस्ट मुभर एडभान्टेज’ नै हो। साथै सीईओ मस्कको चतुर्याईँ र सानो संख्यामा बिक्री हुँदा हासिल भएको सफलताको रणनीति मास मार्केटमा प्रवेश गरिसक्दा र पूराना भेट्रान खेलाडीसँग प्रतिस्पर्धा गर्न त्यसले काम नगर्न सक्छ। 

अब टेस्ला आम कार उत्पादक कम्पनीका रुपमा आइसकेको छ। उसले पनि आम कम्पनीकै जस्तो समस्याको सामना गर्दै जानुपर्नेछ। मस्कले रोबो-ट्याक्सीदेखि आर्टिफिसियल इन्टेलिजेन्टबाटै चल्ने कार बनाउने महत्वाकांक्षा राखेका छन्, जुन भविष्यका लागि चकित पार्ने खालको हुन सक्छ। तर यो कुराले आजका लागि बिक्री बढाउन टेस्लाले सुरु गरेको प्राइस वारका लागि पक्कै काम गर्दैन।

टेस्लाले प्रतिस्पर्धी उडानमा भईँ छाडिसकेको छ। विद्युतीय कार उत्पादन प्रक्रिया महँगो छ, लगानीकर्ताहरू मोटो लाभांशका लागि प्रतिक्षारत हुन्छन् नै। यो वास्तविकताकाबीच टेस्लाले अझै टेस्ला नयाँ मोडलसहित प्राइस वारकै जंगमा रहिरहँदा उसको नाफामा क्षयीकरण जारी रहन्छ र अन्त्यमा टेस्ला र मस्कसँग विकल्पहरू साँघुरिने छन्।  

images

प्रकाशित : शनिबार, मंसिर ९ २०८००४:४७

प्रतिक्रिया दिनुहोस