मंगलबार, माघ ८ गते २०८१    
मंगलबार, माघ ८ २०८१
images
images

पहिलो चौमासिकमा कामपाले उठायो दुई अर्ब ९२ करोड राजस्व 

images
बुधबार, मंसिर ६ २०८०
images
images
पहिलो चौमासिकमा कामपाले उठायो दुई अर्ब ९२ करोड राजस्व 

कामपाले चालु आवका लागि १० अर्ब ८० करोड रूपैयाँ राजस्व असुलीको लक्ष्य लिएको छ।

images
images

काठमाडौं- काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा दुई अर्ब ९२ करोड ९६ लाख नौ हजार रूपैयाँ राजस्व असुल गरेको छ।

images
images
images

उक्त रकम गत आवको सोही अवधिको भन्दा १७ करोड रूपैयाँले बढी हो। कामपाले गत आवको पहिलो चौमासिकमा दुई अर्ब ७५ करोड ९८ लाख ६४ हजार रूपैयाँ राजस्व असुल गरेको कामपाको राजस्व विभागका प्रमुख धुव्र काफ्लेले जानकारी दिए।

images

उनका अनुसार चालु आवको चार महिनामा सबैभन्दा धेरै घरबहाल कर ८१ करोड ९२ लाख रूपैयाँ र सम्पत्ति कर ४१ करोड ८६ लाख रूपैयाँ असुल भएको छ।

images
images
images

कामपाले चालु आवका लागि १० अर्ब ८० करोड रूपैयाँ राजस्व असुलीको लक्ष्य लिएको छ। पछिल्लो समय कामपामा बहाल कर तिर्ने करदाता बढेकाले राजस्व रकम बढेको विभागका प्रमुख काफ्लेको भनाइ छ।

'गत वर्षभन्दा यस वर्ष सम्पत्ति करमा मात्रै ६ सय ४८ करदाता बढेका छन्। बहाल करतर्फ पनि करदाता उल्लेख्य रूपमा बढेका छन्', उनले भने, 'पछिल्लो समय एक हजार तीन सय करदाता थपिएका छन्।'

अहिले कामपामा तीन लाखभन्दा बढी करदाता रहेका काफ्लेले जानकारी दिए। राजस्व संकलनको काम वडा कार्यालयबाटै हुन थालेसँगै पछिल्लो समय लामो समयदेखिको बक्यौता रकमसमेत उठ्न थालेको उनले बताए। कामपाले ३२ वटै वडा कार्यालयबाट राजस्व संकलन गर्न थालेसँगै लामो समयदेखि असुलउपर हुन नसकेको बक्यौता रकम उठ्न थालेको काफ्लेको भनाइ छ।

लामो समयदेखि उठ्न नसकेको बक्यौता रकम जरिवानाको कारण तिर्न आनाकानी गरिरहेका करदाताका लागि आगामी पुस मसान्तसम्म जरिवाना रकममा छुट दिएकाले राजस्व सङ्लग्नमा थप सहज भएको छ।

यसअघि राजस्व तिर्नका लागि वार्षिक तीन लाखसम्म सम्बन्धित वडा कार्यालय र त्यसभन्दा बढीका लागि कामपाको केन्द्रमा आउनुपर्ने व्यवस्था रहेको राजस्व विभाग प्रमुख ध्रुव काफ्लेले बताए। उनका अनुसार हाल कामपाले सम्पत्ति, बहाल, मनोरञ्जन, व्यवसाय, विज्ञापन करलगायत नौ शीर्षकमा कर संकलन गर्दै आएको छ। रासस


प्रकाशित : बुधबार, मंसिर ६ २०८००८:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend