मंगलबार, माघ ८ गते २०८१    
मंगलबार, माघ ८ २०८१
images
images

ट्राफिक प्रहरीले भन्यो - भोलि अत्यावश्यकबाहेक सवारीसाधन लिएर ननिस्कनुस्, असहजता हुनसक्छ

images
बुधबार, मंसिर ६ २०८०
images
images
ट्राफिक प्रहरीले भन्यो - भोलि अत्यावश्यकबाहेक सवारीसाधन लिएर ननिस्कनुस्, असहजता हुनसक्छ

उपत्यकाभर सवारी आवागमनमा असहजता सृजना हुन सक्ने भन्दै प्रहरीले सूचनामार्फत अत्यावश्यक अवस्थामा मात्र सवारीसाधन लिएर निस्कन भनेको हो। 

images
images

काठमाडौं- काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा भोलि ७ गते बिहीबार सवारी आवागमन असहज हुनसक्ने भन्दै अत्यावश्यक काममा मात्र सवारीसाधन लिएर निस्कन ट्राफिक प्रहरीले अनुरोध गरेको छ।

images
images
images

विभिन्न समूहद्वारा भोलि बिहीबार र्‍याली जुलुसका साथै विरोध प्रर्दशन गर्न लागेकाले उपत्यकाभर सवारी आवागमनमा असहजता सृजना हुन सक्ने भन्दै प्रहरीले सूचनामार्फत अत्यावश्यक अवस्थामा मात्र सवारीसाधन लिएर निस्कन भनेको हो। 

images

साथै ट्राफिक प्रहरीले सडकमा निस्कनपूर्व १०० वा १०३ मा टेलिफोन गर्न र ट्राफिक एफएम ९५.५ मेगाहर्ज सुनी सडकको अवस्थाको जानकारी लिएर मात्र निस्कन पनि अनुरोध गरेको छ।

images
images
images

'तपाईंको सुरक्षा तथा ट्राफिक व्यवस्थापन गर्ने क्रममा ट्राफिक प्रहरीले सवारी साधन जुनसुकै ठाउँबाट पनि डाइभर्सन गर्न सक्ने हुँदा ट्राफिक प्रहरीलाई आवश्यक सहयोग गर्नहुन विनम्र अनुरोध गर्दछौँ' काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा जारी सूचनामा भनिएको छ।

बिहीबार युवा संघ र दुर्गा प्रसाईं समूहले आफ्ना विरोध प्रदर्शनका कार्यक्रमहरू तय गरेको छ।


प्रकाशित : बुधबार, मंसिर ६ २०८००८:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend