शनिबार, साउन १७ गते २०८२    
शनिबार, साउन १७ २०८२
images
images

तोलामा तीनसयले बढ्याे सुनकाे मूल्य, चाँदीकाे स्थिर

images
बुधबार, मंसिर ६ २०८०
images
images
तोलामा तीनसयले बढ्याे सुनकाे मूल्य, चाँदीकाे स्थिर

बुधबार सुनको मूल्य प्रतितोला तीन सय रूपैयाँले बढेको छ भने चाँदीको मूल्य स्थिर छ।

images
images

काठमाडौं- यो साता सुनचाँदीको मूल्य लगातार बढिरहेको छ। सोमबार प्रतितोला दुई सय र मंगलबार पाँच सय रूपैयाँले बढेको सुनको मूल्य बुधबार पनि प्रतितोला तीन सय रूपैयाँले बढेको छ। 

images

बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख १६ हजार पाँच सय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १५ हजार ९ सय ५० रूपैयाँ तोकिएको छ। 

images
images

मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १६ हजार दुई सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १५ हजार ६ सय ५० रूपैयाँ कायम गरिएको थियो।

images
images
images

चाँदीको मूल्य भने आज स्थिर छ। आइतबार र सोमबार स्थिर रही मंगलबार प्रतितोला पाँच रूपैयाँले बढेको चाँदीको मूल्य बुधबार पुन: स्थिर रहेको हो। मंगलबार प्रतितोला एक हजार चार सय ५५ रूपैयाँ मूल्य तोकिएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 


प्रकाशित : बुधबार, मंसिर ६ २०८००५:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend