मंगलबार, माघ ८ गते २०८१    
मंगलबार, माघ ८ २०८१
images
images

आठ वर्ष बित्दा पनि निर्माण भएन ओदाल खोलाको पुल

images
मंगलबार, मंसिर ५ २०८०
images
images
आठ वर्ष बित्दा पनि निर्माण भएन ओदाल खोलाको पुल

निर्धारित समयभित्रै पुल निर्माण नसकिएपछि बर्सेनि म्याद थप्ने काम मात्रै हुँदै आएको छ।

images
images

कञ्चनपुर- कृष्णपुर नगरपालिका-१ स्थित वुडर-नालय सडकखण्डमा पर्ने ओदाल खोलामा पुल निर्माण सुरु भएको आठ वर्ष भए पनि अझै पूरा भएको छैन। निर्धारित समयमा पुल निर्माण नहुँदा स्थानीयले सास्ती खेप्दै आएका छन्।

images
images
images

बर्खामा स्थानीयले जोखिम मोलेरै बाढी आएको खोला तर्नुपर्ने बाध्यता छ। दोमिल्ला, श्रीपुर, सुन्दरीफाँटा गाउँ चारैतिर खोलाले घेरिएको छ। तीन वटै गाउँको उत्तर र पश्चिम क्षेत्रमा खारखोला, पूर्वमा ओदाल खोला दक्षिणमा र वनहरा नदी पर्छ।

images

पुल निर्माणका लागि पटक-पटक सम्बन्धित निकायलाई गुहार्दै आए पनि सुनवाइ हुन नसकेको स्थानीय गयाप्रसाद चौधरीले बताए। विसं २०७३ भदौ १७ गते पुल निर्माणका लागि थेगिम गाल्वा जेभीसँग पाँच करोड ४७ लाख रूपैयाँमा ठेक्का सम्झौता भएको थियो। पुल निर्माण विसं २०७४ फागुन १४ मा सक्नुपर्ने समय सीमा निर्धारण गरिएको थियो।

images
images
images

निर्धारित समयभित्रै पुल निर्माण नसकिएपछि बर्सेनि म्याद थप्ने काम मात्रै हुँदै आएको छ। पछिल्लो पटक पुल निर्माणका लागि थपिएको म्याद गत असारमै सकिएको छ।

सडक डिभिजन कार्यालय महेन्द्रनगरका पुल निर्माण हेर्ने इन्जिनियर तारानाथ सिग्देलका अनुसार पुलका दुई वटा स्पान ३०/३० मिटरको निर्माण हुनुपर्नेमा एउटा मात्रै निर्माण भएको छ। 'एप्रोच र स्पान निर्माण हुन बाँकी छ', उनले भने, 'फाउन्डेसनको काम भइसकेको छ, बाँकी  निर्माणका लागि बढी रकम लाग्दैन।' हालसम्म पुलको ७५ प्रतिशत भौतिक प्रगति र ६१ प्रतिशत आर्थिक प्रगति भएको उनले बताए।

उनका अनुसार निर्माण व्यवसायीलाई तीन करोड ६० लाख रूपैयाँ रकम भुक्तानी भइसकेको छ। निर्माण व्यवसायीले दुई करोड ११ लाख रूपैयाँ भुक्तानी पाउन बाँकी छ। सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इन्जिनियर पीयूष चटौतका अनुसार निर्माण व्यवसायीले लिएको ८८ लाख रूपैयाँ पेस्की रकममध्ये ५५ लाख रूपैयाँ रकम फर्छ्यौट भएको छ।

'बाँकी २३ लाख रूपैयाँ रकम बैंक ग्यारेण्टीबाट झिकिसकेका छौँ', उनले भने, 'पुल निर्माणमा भएको ढिलासुस्तीको हर्जाना बापतको अधिकतम रु ४८ लाख ४१ हजार २६ रकम असुल गरेका छौँ।'

बारम्बार पुल निर्माणका लागि ताकेता गर्दासमेत निर्माण व्यवसायीले अटेर गर्दै आएको उनको भनाइ छ। पुलको ठेक्का सम्झौता नटुटेकाले निर्माणका लागि ताकेता गरिँदै आएको उनले उल्लेख गरे।

कृष्णपुर नगरपालिका-१ का वडाध्यक्ष मोहनबहादुर बस्नेतले निर्माण व्यवसायीलाई पुल निर्माण अगाडि बढाउनका लागि भन्दै आएको बताए। 'अबको दुई महिनाभित्रै पुल निर्माण पूरा गर्ने प्रतिबद्धता गरेको छ', उनले भने, 'पुल बन्नेमा आशावादी छौँ।' रासस


प्रकाशित : मंगलबार, मंसिर ५ २०८०१०:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend