सोमबार, जेठ ५ गते २०८२    
सोमबार, जेठ ५ २०८२
images
images

पोखरामा दोस्रो अन्तर्राष्ट्रिय माउन्टेन क्रस कन्ट्री प्रतियोगिता आयोजना हुँदै

images
मंगलबार, मंसिर ५ २०८०
images
पोखरामा दोस्रो अन्तर्राष्ट्रिय माउन्टेन क्रस कन्ट्री प्रतियोगिता आयोजना हुँदै

नेपाल र चीन मैत्रीपूर्ण सम्बन्ध विस्तार तथा नेपालको पर्यटन प्रर्वद्धनका लागि आयोजना गरिने प्रतियोगितामा नेपाली १० टिम र नेपाली चीनका १० टिम सहभागी हुने पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले जानकारी दिए।

images
images

काठमाडौं- पोखरामा मैत्रीपूर्ण दौड प्रतियोगिता (अन्तर्राष्ट्रिय माउन्टेन क्रस कन्ट्री रेस) आयोजना हुने भएको छ।

images
images
images

नेपाल पर्यटन बोर्ड, नेपालका लागि चिनियाँ राजदूतावास काठमाडौं, पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा तथा चीनको युनान माउन्टेनियरिङ एण्ड आउटडोर स्पोर्ट्स एसोसिएसन र होटल एसोसिएसन पोखराको सहआयोजना मंसिर ९ गते पोखरामा मैत्रीपूर्ण दौड प्रतियोगिता आयोजना हुने भएको हो।

images
images

यो प्रतियोगिताले नेपालमा चिनियाँ पर्यटकको आगमन बढ्ने अपेक्षा गरिएको छ। नेपाल र चीन मैत्रीपूर्ण सम्बन्ध विस्तार तथा नेपालको पर्यटन प्रर्वद्धनका लागि आयोजना गरिने प्रतियोगितामा नेपाली १० टिम र नेपाली चीनका १० टिम सहभागी हुने नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले जानकारी दिए।

images
images

नेपाल पर्यटन बोर्डमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले प्रतियोगितामा सहभागी हुन हिमालयन एयरलायन्स चार्टर्ड उडान गरी खेलाडी, अफिसियल र अन्य पाहुना गरी एक सय चार जना चिनियाँ पोखरा आउने जानकारी दिए।

उनका अनुसार दौड प्रतियोगितामा भाग लिन चिनियाँ खेलाडी चीन सरकारकै सहयोगमा चार्टर उडानमार्फत् पोखरा आउन लागेका हुन्। यसअघि सन् २०१९ मा पोखरा अन्तर्राष्ट्रिय माउन्टेन क्रस कन्ट्री प्रतियोगिता आयोजना गरिएकोमा कोभिड-१९ महामारीका कारण त्यसपछि दौड प्रतियोगिता हुन सकेको थिएन। 

यस्तै चिनियाँ दूतावासका डेपुटी चिफ अफ मिसन वान सिनले यो कार्यक्रमले नेपाल र चीन सरकार एवं जनस्तरमा रहिआएको लामो मैत्रीपूर्ण सम्बन्धलाई थप सुमधुर बनाउन तथा नेपालमा खेल पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरेको बताए।

प्रतियोगितामा धावकहरूले दौड, साइक्लिङ र फेवातालमा बोटिङ गरी ४० किलोमिटर पार गर्नुपर्नेछ। फेवाताल किनार बाराही घाटबाट सुरू हुने प्रतियोगिता डेभिड फल हुँदै विश्व शान्ति स्तुप पुगेर फेवातालमा बोटिङ गरी फेरि बाराही घाट आएर अन्त्य हुने छ। नेपाल र चीनका खेलाडीबीच हुने मैत्रीपूर्ण प्रतिस्पर्धाका साथै व्यक्तिगत दौड प्रतियोगिता ३८ किलोमिटर, आम नागरिकका लागि पब्लिक इभेन्ट ५ किलोमिटर र विद्यार्थीका लागि ५ किलोमिटर दौड प्रतियोगिता पनि राखिएको छ। 

नेपाली र चिनियाँ धावकबीच हुने प्रतियोगिताका प्रथम हुने टिमले ३ लाख ६० हजार रुपैयाँ, दोस्रोले २ लाख ८८ हजार रुपैयाँ, तेस्रोले २ लाख १६ हजार रुपैयाँ, चौथो टिमले १ लाख ४४ हजार रुपैयाँ र पाँचौं हुने टिमले ९० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

व्यक्तिगत स्पर्धामा प्रथमले १ लाख ४४ हजार रुपैयाँ, दोस्रोले १ लाख ८ हजार रुपैयाँ, तेस्रोले ५४ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। व्यक्तिगत स्पर्धामा चौथोदेखि १०औँ तहमा आइपुग्ने धावकलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ।

यस्तै, विद्यार्थीको प्रतिस्पर्धामा पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ। कोभिड-१९ महामारीका कारण त्यसपछि दौड प्रतियोगिता हुन सकेको थिएन। प्रतियोगिता सफल बनाउन विभिन्न  २२ वटा उपसमिति गठन गरिएको छ। यसअघि असार ८ र ९ गते पोखरामा आयोजित चिनियाँ ड्रागन बोट रेसमा भाग लिन चिनियाँ खेलाडी विमान चार्टर गरी पोखरा आएका थिए।


प्रकाशित : मंगलबार, मंसिर ५ २०८००८:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend