मंगलबार, माघ ८ गते २०८१    
मंगलबार, माघ ८ २०८१
images
images

वैदेशिक रोजगार सन्तति छात्रवृत्तिका लागि आवेदन आह्वान

images
मंगलबार, मंसिर ५ २०८०
images
images
वैदेशिक रोजगार सन्तति छात्रवृत्तिका लागि आवेदन आह्वान

श्रम स्वीकृति लिइ वैदेशिक रोजगारमा गइ मृत्यु वा अंगभंग वा बिरामी भइ वैदेशिक रोजगार बोर्डबाट शतप्रतिशत आर्थिक सहायता लिएका कामदारका छोराछोरीले निवेदन दिन पाउने बोर्डले जनाएको छ।

images
images

काठमाडौं- वैदेशिक रोजगार बोर्डको सचिवालयले वैदेशिक रोजगार सन्तति छात्रवृत्तिका लागि आवेदन आह्वान गरेको छ।

images
images
images

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गइ करार अवधिभित्र मृत्यु भएका वा पूर्णरुपमा अशक्त वा गम्भीर बिरामी भएका कामदारको छोराछोरीका लागि छात्रवृत्ति प्रदान गर्न बोर्डले आवेदन आह्वान गरेको हो।

images

वैदेशिक रोजगार छात्रवृत्ति सञ्चालन कार्यविधि, २०८० को अनुसूची १ बमोजिम आगामी पुस ८ गतेभित्र निवेदन दिन आह्वान गरिएको बोर्डका सूचना अधिकारी तथा निर्देशक टीकाराम ढकालले जानकारी दिए।

images
images
images

सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यालयस्तर (पूर्व प्राथमिक कक्षा वा नर्सरी वा सो सरहदेखि कक्षा १२ सम्म) का १८ वर्षमुनिका बालबालिकाले निवेदन दिन पाउने बोर्डको सचिवालयद्वारा प्रकाशित सूचनामा उल्लेख छ।

श्रम स्वीकृति लिइ वैदेशिक रोजगारमा गई मृत्यु वा अंगभंग वा बिरामी भइ वैदेशिक रोजगार बोर्डबाट शतप्रतिशत आर्थिक सहायता लिएका कामदारका छोराछोरीले निवेदन दिन पाउने सूचना अधिकारी तथा निर्देशक ढकालले बताए।

'वार्षिक रुपमा आधारभूत तहका लागि १२ हजार रूपैयाँ र माध्यमिक तहका लागि १६ हजार रूपैयाँ छात्रवृत्ति पाइनेछ', उनले भने, 'एकजना विद्यार्थीलाई एउटा कक्षामा एक पटकका लागि मात्रै वार्षिक रुपमा एकमुष्ट छात्रवृत्ति उपलब्ध गराइने छ।' रासस


प्रकाशित : मंगलबार, मंसिर ५ २०८००८:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend