आइतबार, भदौ २३ गते २०८१    
images
images

वर्ल्डलिंकले सुरू गर्‍याे ३ सय एमबीपीएस क्षमताको इन्टरनेट

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, भदौ २२ २०७८
images
images
वर्ल्डलिंकले सुरू गर्‍याे ३ सय एमबीपीएस क्षमताको इन्टरनेट

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलि‌क कम्युनिकेशन्स लिमिटेडले उच्च गतिको इन्टरनेट उपलब्ध गराउने भएको छ। वर्ल्डलि‌क फोटोन स्किम अन्तर्गत यो इन्टरनेट सेवा सुरू गरेको जनाएको छ। 

images
images

काठमाडौं- इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले उच्च गतिको इन्टरनेट उपलब्ध गराउने भएको छ। वर्ल्डलि‌क फोटोन स्किम अन्तर्गत यो इन्टरनेट सेवा सुरू गरेको जनाएको छ।

images
images
images

फोटोन उच्च गतिको इन्टरनेट हो। यसले घरभरि समान रूपमा इन्टरनेट उपलब्ध गराउँछ। नेपालमा पहिलो पटक ३ सय एमबीपीएससम्मको गतिमा इन्टरनेट उपलब्ध हुने छ।

फोटोन स्किममा ग्राहकहरुले मेस वाइफाई प्रणालीबाट घरभरि नै धेरै उच्च गतिमा इन्टरनेट प्राप्त गर्ने छन्। यस्तो वाइफाई प्राप्त गर्न नोकियाको बेकन १\१ राउटरहरु प्रयोग गरिनेछ।

यसले  हाल  घरहरुमा भईरहेको ढिला गतिका इन्टरनेटको सम्स्याको समाधान मेस वाइफाईले गराउने छ। इन्टरनेट प्रयोगको एक उत्कृष्ट अनुभव दिन वर्ल्डलिंकले घरभित्र धेरै राउटरहरुलाइ नेटवर्किंग गर्ने छ। मेस वाइफाई प्रणाली स्मार्ट जडानमा आधारित प्रणाली हो। 

images

यस्तो प्रणाली बिस्तारिकरण राउटरभन्दा धेरै राम्रो हुन्छ। मेस वाइफाईमा सबै राउटरहरु एक अर्कासँग जोडिएका हुन्छन्। नयाँ इन्टरनेट सेवा सार्वजनिक गर्दै वर्ल्डलिंकका अध्यक्ष दिलीप अग्रवालले विश्वव्यापी इन्टरनेट प्रविधिको उत्कर्ष सीमामा भएकाले घरमा इन्टरनेटको गति निरन्तर वढाउनु पर्ने आवश्यकताका रहेको बताए।

नेपालमा पहिलो पटक ३ सय एमबीपीएस गितको वर्ल्डलिंक फोटोन सिरिज र यसको साथमा नोकिया बिकन १\१ राउटरकोसँगै मेस वाइफाई होम सोलुसन सुरू गरेको उनको भनाइ छ।  


प्रकाशित : मंगलबार, भदौ २२ २०७८०९:०३
  • सम्बन्धित विषय:

  • # वर्ल्डलि‌क
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend