मंगलबार, माघ ८ गते २०८१    
मंगलबार, माघ ८ २०८१
images
images

सुन तस्करी बढेपछि रसुवागढी नाकामा प्रहरीको विशेष निगरानी

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, मंसिर ५ २०८०
images
images
सुन तस्करी बढेपछि रसुवागढी नाकामा प्रहरीको विशेष निगरानी

सशस्त्र प्रहरीबललाई चौकी स्थापना गर्ने जग्गा उपलब्ध गराउन वन तथा वातावरण मन्त्रालयले स्वीकृत नदिँदा नाकथलीमा चौकी स्थापना हुन भने सकेको छैन।

images
images

रसुवा- रसुवागढी नाकाबाट सुन तस्करी हुन थालेपछि प्रहरीले विशेष निगरानी बढाएको छ। तस्करले गहना बनाइ सुन ल्याउन थालेपछि प्रहरीले सुक्ष्म निगरानी बढाएको हो।  

images
images
images

जिल्ला प्रहरी कार्यालयका प्रमुख सुवास बुढाथोकीका अनुसार केरूङबाट बेरुवा औठी लगाई सुन आयात गर्न लागेको अवस्थामा गत आइतबार उत्तरी रसुवाका तीन जना पक्राउ परेका थिए। यसपछि प्रहरीले गरगहना लगाउनेप्रति विशेष निगरानी थालेको हो। 

images

रसुवागढी नाकाबाट स्थायी पास पाएका रसुवावासीले मात्र केरुङ आवत जावत गर्न पाउँछन्। केरुङमा सुन पसलको कारोबार गरिरहेका व्यापारीमार्फत गहनाका रूपमा अवैध कारोबार भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान लगाएको छ।

images
images
images

केरुङ आवत जावतका लागि पास पाएका स्थानीयले अवैधरूपमा कुनै पनि सामग्री ल्याउन नपाउँदैनन्। राहदानीमार्फत आएका महिलाले ५० ग्राम एवं पुरूषले २५ ग्राम मात्र सुन ल्याउन पाउने प्रावधान रहेको बताइएको छ।

केरूङबाट सुनको औठी ल्याई अवैध कारोबारमा संलग्न भएको आरोपमा रसुवा जिल्ला आमाछोदिङ्मो गाउँपालिका-१ हाकु निवासी सिनेवाङ्दी तामाङ, आमाछोदिङ्मा -४ गोल्जुङकी लक्ष्मी तामाङ एवं आमाछोदिङ्मा-५ चिलिमेकी ल्हाक्पावुटी तमाङ पक्राउ परेका हुन्। उनीहरूको साथबाट १४ लाख ९१ हजार छ सय २८ बरावरको १२ तोला ९१ लालबाट तयार भएका पाँच बेरुवा सुनका औठी जफत गरिएको थियो। 

उनीहरुलाई रसुवा भन्सार कार्यालय टिमुरेमा बुझाइएको प्रहरी प्रमुख बुढाथोकीले जानकारी दिए। सशस्त्र प्रहरीबललाई चौकी स्थापना गर्ने जग्गा उपलब्ध गराउन वन तथा वातावरण मन्त्रालयले स्वीकृत नदिँदा नाकथलीमा चौकी स्थापना हुन भने सकेको छैन। रासस


प्रकाशित : मंगलबार, मंसिर ५ २०८००४:५१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend