काठमाडौं- डलरको मूल्य फेरि उच्च बिन्दुमा पुगेको छ। कात्तिक २५ गते १ डलरको बिक्री दर हालसम्मकै उच्च बिन्दु १३३.६५ रुपैयाँ तय भएको थियो।
आज भने डलरको मूल्य फेरि १३३.६५ रुपैयाँ पुगेको छ।
आज १ डलरको खरिद दर भने १३३.०५ रुपैयाँ छ। आज युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको मूल्य पनि बढेको छ।
आज १ युरोको खरिद दर १४५.३६ रुपैयाँ र बिक्री दर १४५.६८ रुपैयाँ तय भएको छ।
यस्तै १ पाउण्डको बिक्री दर १६६.४६ रुपैयाँ र बिक्री दर १६५.८७ रुपैयाँ रहेको छ।