काठमाडौं- सरकारले १० वर्षे जटामसी संरक्षण कार्ययोजना तयार पार्दै राय सुझावका लागि सार्वजनिक गरेको छ।
जटामसीको प्राकृतिक वासस्थानको संरक्षण गर्नु, पुन:स्थापना गर्नु, जटामसीको संख्यामा वृद्धि गर्नु, स्थानीय समुदायलाई जटामसीको संरक्षणमा सहभागी गराउनुका साथै विस २०९० सम्ममा वनस्पतिको संरक्षण र सम्वर्द्वनबाट आर्थिक समृद्धिका लागि टेवा पुर्याउने लक्ष्य कार्यनीतिमा रहेको छ।
लक्ष्य प्राप्तिका लागि ५ वटा रणनीति र २१ वटा कार्यनीति र क्रियाकलाहरु तय भएको छ। कार्ययोजना क्रियाकलापहरु कार्यान्वयनको लागि २१ करोड ६३ लाख रुपैयाँ बजेट अनुमान गरिएको हो।
नेपालमा पाइने धेरै जडीबुटीहरु मध्ये जटामसी अन्तर्राष्ट्रियस्तरमा बढी माग भएको जडीबुटी हो। सरकारले आर्थिक विकासका लागि प्राथमिकता प्राप्त जडीबुटीको ३३ प्रजातिभित्र सूचीकृत गरेको छ।
नेपालमा कोशीको ८ जिल्ला, बागमतीको ६ जिल्ला, गण्डकीको ८ जिल्ला, लुम्बिनीका ३ जिल्ला, कर्णालीका ८ जिल्ला सुदूरपश्चिमको ४ लिल्लामा जटामसी पाइन्छ।