आइतबार, असार २९ गते २०८२    
आइतबार, असार २९ २०८२
images
images

टिकटक प्रतिबन्धविरूद्धको रिट ‘हेर्न नभ्याउने’ मा

images
सोमबार, मंसिर ४ २०८०
images
images
टिकटक प्रतिबन्धविरूद्धको रिट ‘हेर्न नभ्याउने’ मा

टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनमा आज सुनुवाइ नहुने भएको छ।

images
images

काठमाडौं- टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनमा आज सुनुवाइ नहुने भएको छ।

images
images

न्यायाधीश कुमार चूँडालको एकल इजलासमा आज उक्त मुद्दाको पेसी तोकिएको भए पनि हेर्न नभ्याउने सूचीमा परेपछि सुनुवाइ नहुने भएको हो। न्यायाधीश चूँडालसहितको अर्को संयुक्त इजलास बसेपछि एकल इजलास नबस्ने हुँदा सुनुवाइ हुन नसकेको हो।

images
images

उक्त विषयमा सर्वोच्च अदालतमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहित १० जनाले छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए।

images
images
images

सरकारले गत कात्तिक २७ गते सामाजिक सद्भावमा खलल पुगेको उल्लेख गर्दै टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। रासस 


प्रकाशित : सोमबार, मंसिर ४ २०८००९:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend