मंगलबार, माघ ८ गते २०८१    
मंगलबार, माघ ८ २०८१
images
images

भूकम्प पीडितलाई सिप्रदीयन सहायता संस्थाबाट ५५ लाखको राहत वितरण

images
आइतबार, मंसिर ३ २०८०
images
images
भूकम्प पीडितलाई सिप्रदीयन सहायता संस्थाबाट ५५ लाखको राहत वितरण

संस्थाका अनुसार हस्तान्तरण गरेको सामाग्रीहरुबाट झन्डै १२ सय घर परिवारका ४८ सय जना भूकम्प पीडितहरू प्रत्यक्ष लाभान्वित बनेका छन्।

images
images

काठमाडौं- सिप्रदीद्वारा जाजरकोट र रूकुम पश्चिमको भूकम्प प्रभावित परिवारहरुलाई आधारभूत आवश्यकताका सामाग्रीहरु वितरण गरिएको छ।

images
images
images

सिप्रदीयन सहायता संस्था, टाटा ट्रष्ट भारत र सिप्रदी ट्रेडिङ प्रालिको संयुक्त प्रयासमा यही कात्तिक २६ गते जिल्ला प्रशासन कार्यालय, जिल्ला विपद् व्यवस्थापन समिति जाजरकोट र  जिल्ला प्रशासन कार्यालय पश्चिम रुकुमअन्तर्गत आठबिसकोट नगरपालिका १३ र १४ वडा कार्यालयलाई ५५ लाख रुपैयाँ बराबरको राहत सामग्री प्रदान गरिएको हो। 

images

तिहारमा लक्ष्मी पूजाको दिन संस्थाको प्रतिनिधित्व गर्दै सिप्रदीका ७ जना कर्मचारीहरुले जाजरकोट र पश्चिम रुकुममा राहत सामग्रीहरु (त्रिपाल, म्याट्रेस, खाध्यान्न, साबुन) र बढ्दै गरेको जाडोलाई मध्यनजर गर्दै न्यानो कपडा, सिरक, सिरानी र टोपीलगायतका अन्य सामाग्रीहरुको प्याकेज बनाएर सम्बन्धित कार्यालयहरूलाई हस्तान्तरण गरिएको थियो। संस्थाका अनुसार हस्तान्तरण गरेको सामाग्रीहरुबाट झन्डै १२ सय घर परिवारका ४८ सय जना भूकम्प पीडितहरू प्रत्यक्ष लाभान्वित बनेका छन्।

images
images
images

सिप्रदीयन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भुप्रसाद दाहालका अनुसार भूकम्पका कारण आफ्नो घर गुमाएका र बासको वैकल्पिक व्यवस्था नभएका पीडितहरुलाई सिप्रदीयन सहायता संस्था, टाटा ट्रष्ट भारत र सिप्रदी ट्रेडिङको संयुक्त प्रयासमा स्थानीय प्रशासनसंग समन्वय गर्दै राहत वितरण गरेका हो। प्रशासनको अहिलेको प्रमुख आवश्यकतालाई मध्यनजर गर्दै त्रिपाल, खाद्यान्न र न्यानो कपडाहरु हस्तान्तरण गरेका र भविष्यमा पनि सिप्रदीयन सहायता संस्था सक्रिय रहेर निरन्तर रुपमा सहयोग गर्दै जाने दाहालले बताए। 

आठबिसकोट, रुकुमका नगर प्रमुख रवि केसीले जाजरकोट केन्द्रबिन्दु भएर विनासकारी भूकम्प प्रभावित यस नगरपालिका जनताको लागि सिप्रदी सहायता संस्थाले गरेको खाद्यान्न, जिन्सी र औषधि लगायतका सामग्रीको सहयोगप्रति आभारी रहेको बताए। यो सहयोगले यस प्रकोपले दुखमा परेका नगरबासीलाई राहत मिलेको उनको भनाइ छ। 

विगतमा पनि सिप्रदीयन सहायता संस्थाले टाटा ट्रस्टसँगको साझेदारीमा ‘नेपाल भूकम्प पुनस्र्थापना परियोजनाको सुरूवात गरेको थियो। सो परियोजना अन्तर्गत २०७२ साल वैशाख १२ गतेको भूकम्पबाट अतिप्रभावित र वैशाख २९ को शक्तिशाली पराकम्पको केन्द्रबिन्दु सिन्धुपाल्चोकमा ९ वटा विद्यालयहरू तथा एउटा स्वास्थ्य चौकीको पुनर्निर्माण र हस्तान्तरण गरेको थियो।

सन् २०१२ देखि सञ्चालनमा रहेको सिप्रदीयन सहायता संस्था गैरनाफामूलक, गैरसरकारी तथा गैरराजनीतिक सामाजिक संस्था हो। सिप्रदी ट्रेडिङ प्राइभेट लिमिटेडद्वारा कम्पनीको सामाजिक उत्तरदायित्व जिम्मेवारी सम्बन्धी गतिविधिहरू सञ्चालन गर्न यस संस्थाको स्थापना गरिएको हो। यस संस्थाले शिक्षा, स्वास्थ, तालिम, खेलकुद, सामाजिक सेवा तथा प्राकृतिक विपद् र प्रकोपबाट पीडितहरूको आपत्कालीन उद्धार, सहयोग तथा पुनस्र्थापना सम्बन्धि कार्यमा सहयोग गर्दै आएको छ।


प्रकाशित : आइतबार, मंसिर ३ २०८०१२:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend