बुधबार, मंसिर २० गते २०८०    

तनहुँका तीन पालिका जोड्ने कृषिमार्ग कालोपत्र

images
बिजनेस न्युज
images
तनहुँका तीन पालिका जोड्ने कृषिमार्ग कालोपत्र

उक्त मार्गले तीन पालिकाका लाभान्वित हुनेछन्। सडक कालोपत्र भएसँगै धुलो र हिलोबाट मुक्ति पाउँदा स्थानीय बासिन्दा पुलकित भएका छन्। 

तनहुँ- तनहुँमा तीन पालिका जोड्ने गरी कृषि पर्यटन मार्गमा कालोपत्र गरिएको छ। जिल्लाको व्यास, म्याग्दे र भीमाद नगरपालिका जोड्ने कृषि पर्यटन मार्ग कालोपत्र गरिएको हो। 

images
images
images

व्यास नगरपालिका-५ मानुङकोट, म्याग्दे गाउँपालिका-१ धारादी र भीमाद नगरपालिकाको सिमाना जोड्ने लोचाडाँडा कृषि पर्यटन मार्गमा कालोपत्र गरिएको हो। 

images

गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालय तनहुँले कार्यान्वयन गरेको यस सडक योजनाको निर्माणस्थल व्यास नगरपालिका र म्याग्दे गाउँपालिका रहेको छ।  

images

उक्त मार्गको करिब २२ किलोमिटरअन्तर्गत एक हजार तीन सय मिटर कालोपत्र र दुई सय मिटर ढलान गरिएको पूर्वाधार विकास कार्यालयका इन्जिनियर होमनाथ गौतमले जानकारी दिए। 

images

उक्त मार्गले तीन पालिकाका लाभान्वित हुनेछन्। सडक कालोपत्र भएसँगै धुलो र हिलोबाट मुक्ति पाउँदा स्थानीय बासिन्दा पुलकित भएका छन्। रासस


प्रकाशित : आइतबार, मंसिर ३ २०८०१२:०७
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ