मंगलबार, माघ ८ गते २०८१    
मंगलबार, माघ ८ २०८१
images
images

धनगढीमा आगलागी हुँदा लाखौँको क्षति 

images
शनिबार, मंसिर २ २०८०
images
images
धनगढीमा आगलागी हुँदा लाखौँको क्षति 

धनगढीमा एक पसलमा विद्युत् चुहावट भई आगलागी हुँदा अस्पतालसहित ८ स्टोर तथा पसलका मालसामान जलेर नष्ट भएका छन्।

images
images

सुदूरपश्चिम- धनगढी उपमहानगरपालिका-१ मुख्य बजारमा रहेको सारथी अस्पताल प्रालि र सँगै जोडिएका पसलमा गए राति आगलागी हुँदा लाखौँ मूल्य बराबरको समान जलेर नष्ट भएको छ। गए राति करिब १ बजे लागेको आगो आज बिहान मात्र निभाइएको थियो। 

images
images
images

अस्पतालसँगै रहेको खाद्य तथा व्यापार कम्पनी लिमिटेडको भवनमा दलबहादुर भण्डारीले सञ्चालन गरेको भण्डारी जनरल स्टोरमा अचानक विद्युत् चुहावट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कुलदीप चन्दले जानकारी दिए। आगो लागेपछि अस्पतालमा भर्ना भएका बिरामीलाई अन्य अस्पतालमा पठाइएको छ।

images

आगलागीबाट सारथी अस्पतालसहित भण्डारीको भण्डारी जनरल स्टोर, टेकेन्द्र शर्माको मधुमाला बेबी सपगोदाम, वासुदेव भट्टको भट्ट सपिङ सेन्टर, जगतबहादुर बलायरको सुभिक्षा देवी सपिङ सेन्टर, यशोदा साउदको न्यू सदिक्षा इन्टर प्राइजेज, गौरी भण्डारीको भण्डारी सु सेन्टर, जानकी भट्टको भट्ट ट्रेडर्स एण्ड सप्लायर्समा रहेको मालसामान जलेर नष्ट भएको छ।

images
images
images

धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र पुनर्वास नगरपालिकाका चारवटा दमकलको सहायतामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको प्रयासमा आगो निभाइएको छ।

आगलागीबाट पुगेको क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। रासस


प्रकाशित : शनिबार, मंसिर २ २०८००५:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend