मंगलबार, माघ ८ गते २०८१    
मंगलबार, माघ ८ २०८१
images
images

लगानीकर्ताको आकर्षक जीवन विकास लघुवित्तको नाफा २१ प्रतिशत घट्यो, अन्य सूचक कस्तो?

images
बिहीबार , कात्तिक ३० २०८०
images
images
लगानीकर्ताको आकर्षक जीवन विकास लघुवित्तको नाफा २१ प्रतिशत घट्यो, अन्य सूचक कस्तो?

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा १२ करोड ५ लाख नाफा कमाएको छ। यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा २१ प्रतिशत कम हो।

images
images

काठमाडौं- जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा १२ करोड ५ लाख नाफा कमाएको छ। यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा २१ प्रतिशत कम हो।

images
images
images

गत आवमा कम्पनीले १५ करोड ३२ लाख नाफा कमाएको थियो। चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकोले नाफा घटेको हो।  गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी ७ प्रतिशत घटेको छ । त्यस्तै कम्पनीको इम्पेयरमेन्ट चार्ज गत आवमा ५ करोड ८३ लाख छुट्याएकोमा चालू आवमा १० करोड १३ लाख छुट्याएको छ। सोही कारण कम्पनीको सञ्चालन नाफा २१ प्रतिशत घटेको हो। 

images

चालू आवमा कम्पनीको खुद नाफा घटेसँगै प्रतिशेयर आम्दानी पनि घटेको छ। गत आवमा कम्पनीको प्रतिसेयर आम्दानी ५१ रुपैयाँ ८६ पैसा रहेकोमा चालू आवमा घटेर ४० रुपैयाँ ७८ पैसामा झरेको छ। त्यस्तै कम्पनीको निष्क्रिय कर्जा पनि गत आवको तुलनामा चालू आवमा घटेको छ। गत आवमा कम्पनीको निष्क्रिय कर्जा १ दशमलव १२ प्रतिशत रहेकोमा चालू आवमा बढेर ३ दशमलव २६ प्रतिशत पुगेको छ। 

images
images
images

कम्पनीको चुक्ता पूँजी १ अर्ब १८ करोड छ भने कम्पनीले जगेडामा १ अर्ब २३ करोड र रिटेन्ड अर्निङमा ९५ करोड ६१ लख सञ्चिति गरेको छ। चालू आवमा कम्पनीको मूल्य आम्दानी अनुपात ३२ दशमलव ६६ गुणा र प्रतिशेयर नेटवर्थ २८५ रुपैयाँ ०१ पैसा रहेको छ। 


प्रकाशित : बिहीबार , कात्तिक ३० २०८००९:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend