मंगलबार, माघ ८ गते २०८१    
मंगलबार, माघ ८ २०८१
images
images

तीन करोड ६३ लाख लागतमा बडहरे खोलामा बन्याे मोटरेबल पुल

images
मंगलबार, कात्तिक २८ २०८०
images
images
तीन करोड ६३ लाख लागतमा बडहरे खोलामा बन्याे मोटरेबल पुल

शिलान्यास भएको करिब सात वर्षपछि बडहरे खोलाकाे पुल निर्माण सम्पन्न भएको हाे।

images
images

गोरखा- गोरखाको पालुङटार नगरपालिकामा बडहरे खोला मोटरेबल पुल निर्माण सम्पन्न भएको छ।

images
images
images

नगरपालिकाको वडा नम्बर ६ गाईखुर र वडा नम्बर ७ च्याङ्ली जोड्ने मोटरेबल पुल शिलान्यास भएको करिब सात वर्षपछि निर्माण सम्पन्न भएको एघारकिलो भालुस्वाँरा सडक आयोजना कार्यालयका प्रमुख अमिन्द्र खड्काले जानकारी दिए।

images

तनहुँको विमलनगर, पौवाटार गोरखाको ठाँटीपोखरी केराबारीअन्तर्गत पर्ने दूधपोखरी मार्गमा पर्ने बडहरे खोलामा तीन करोड ६३ लाख रूपैयाँको लागतमा मोटरेबल पुल निर्माण सम्पन्न भएको उनले बताए।

images
images
images

सम्झौताअनुसार ठेकेदार कम्पनीले विसं २०७५ मा नै पुलभित्रै पुल निर्माण सम्पन्न गर्नुपर्ने भए पनि ढिला गरी निर्माण सम्पन्न गरेको प्रमुख खड्काले जानकारी दिए। तोकिएको समयमा काम सम्पन्न गर्न नसकेपछि कार्यालयले पटकपटक गरी चार पटकसम्म म्याद थप गरेर काम सम्पन्न गरेको कार्यालय प्रमुख खड्काको भनाइ छ।

कुल १८ दशमलव ५ मिटर लम्बाइको पुल निर्माण सम्पन्न भएपछि अहिले त्यस क्षेत्रका स्थानीयवासीलाई समेत सजिलो भएको छ। रासस


प्रकाशित : मंगलबार, कात्तिक २८ २०८००५:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend