काठमाडौं- नगरकोटमा सञ्चालनमा रहेको तायो ईको रिसोर्टको व्यवस्थापन तथा ब्रान्ड फेरिएको छ।
सञ्चालन आएको करिब एक वर्षभित्रै होटलको व्यवस्थापन तथा ब्रान्ड परिवर्तन भएको हो। सगतरत्न कंसकारले निर्माण गरेको तायो ईको रिसोर्ट अब सोल्टी वेस्टेण्ड रिसोर्टको नामबाट सञ्चालन हुनेछ।
व्यवस्थापन पनि अबदेखि सोल्टीले नै गर्ने भएको छ।
सोल्टी होटल अन्तर्गतकै विभिन्न ब्रान्डमध्येको सोल्टी वेस्टेन्ड रिसोर्टले होटलको व्यवस्थापन गर्ने भएको हो। सोल्टीले वेस्टेण्ड प्रिमियर, वेस्टेण्ड र रिसोर्ट वर्गमा विभिन्न ब्रान्डको विकास गरिरहेको छ।
होटल सञ्चालन तथा व्यवस्थापनमा पनि हात हालेको सोल्टीले काठमाडौं बाहिर नेपालगञ्ज, चितवन तथा इटहरीमा होटल सञ्चालन तथा व्यवस्थापन गरिरहेको छ।