शनिबार, असोज ५ गते २०८१    
images
images

पेट्रोलियम इन्जिनमा चर्चित १० भन्दा बढी कार विद्युतीय भएर आउँदै

images
मंगलबार, कात्तिक २८ २०८०
images
images
पेट्रोलियम इन्जिनमा चर्चित १० भन्दा बढी कार विद्युतीय भएर आउँदै

टाटा, हुन्डाई, मारुती सुजुकी, महिन्द्रा, कियालगायत ब्रान्डले भारतमा सार्वजनिक गर्ने विद्युतीय सवारी ल्याउन मोडल तथा त्यसको स्पेसिफिकेसन सार्वजनिक गर्न थालि सकेका छन्।

images
images

काठमाडौं- भारत सरकारले विद्युतीय सवारीलाई प्रवद्र्धन गर्ने नीति लिएसँगै भारतीय तथा भारतमा सवारी उत्पादन गरिरहेका कम्पनीहरु विद्युतीय कार उत्पादनमा केन्द्रित हुन थालेका छन्। कम्पनीहरुले दुईदेखि ४ वटासम्म विद्युतीय कार अबको एक वर्षमा सार्वजनिक गर्ने कार्यतालिका नै सार्वजनिक गरिसकेका छन्। 

images
images
images

टाटा, हुन्डाई, मारुती सुजुकी, महिन्द्रा, कियालगायत ब्रान्डले भारतमा सार्वजनिक गर्ने विद्युतीय सवारी ल्याउन मोडल तथा त्यसको स्पेसिफिकेसन सार्वजनिक गर्न थालि सकेका छन्। केही सवारी उत्पादकले विद्युतीय सवारीका लागि मोडल नै नयाँ ल्याउने बताएका छन् भने केहीले यसअघि आईसी इन्जिनमा चर्चित भएका मोडलहरुलाई विद्युतीय प्लेटफर्ममा ल्याउने योजना अघि सारेका छन्। 

टाटा मोटर्सले यसअघि नै आईस प्लेटफर्मको नेक्सन, टिगोर र टियागो कारलाई विद्युतीय प्लेटफर्ममा उत्पादन गरेर सफलता हासिल गरिसकेको छ। त्यस्तै टाटा मोटर्सले अन्य मोडलहरु पन्च, ह्यारियरलगायत मोडललाई विद्युतीय फर्ममा ल्याउने तयारी गरिरहेको छ। हुन्डाई, महिन्द्रा, किया, सुजुकी लगायत ब्रान्डले पनि नयाँ विद्युतीय मोडलका साथै पुराना चर्चित कारहरुलाई विद्युतीय भर्सनमा ल्याउनले गरि परीक्षण गरिरहेको छ। 

टाटा मोटर्स : ह्यारियर, सफारी र पन्च

images

goldstar.jpg

टाटा मोटर्सले २०२३ को अटो एक्सपोमा ह्यारियरको विद्युतीय भर्सन शोकेस गरेको थियो। त्यस्तै टाटा सफारी ईभी पनि ह्यारियरकै डिजाइन टोनमा ल्याउने टाटाले जनाएको छ। टाटाले पन्च ईभी भने २०२३ को अन्त्यसम्ममा बजारमा ल्याइसक्ने बताएको छ। अन्य दुई ईभी भने अबको १ वर्षभित्र बजारमा आइसक्ने छ। पन्च ईभीको रेन्ज ३ सय ५० किमि र अन्य दुई ईभीको रेन्ज ५ सय किलोमिटरभन्दा बढी हुने अनुमान गरिएको छ।

सुजुकी : २०३० सम्म ६ नयाँ ईभी, वागनआर र जिम्नी ईभी

goldstar.jpg

हालसम्म मारुती सुजुकीले भारतमा कुनै पनि विद्युतीय कार उत्पादन गरेको छैन। तर अन्य प्रतिस्पर्धी ब्रान्डले विभिन्न मोडलका विद्युतीय कार सार्वजनिक गरिसकेको र गर्ने क्रममा रहेकाले मारुती सुजुकी दबाबमा छ। त्यसैले कम्पनीले २०३० सम्म ६ वटा नयाँ मोडलका विद्युतीय कार ल्याउने र त्यहीबीचमा आईसी इन्जिनयुक्त चर्चित केही मोडललाई विद्युतीयमा परिमार्जन गरेर ल्याउने वृहत योजना सार्वजनिक गरिसकेको छ। 

सुजुकीले भारतमा ईभीएक्स नामक पहिलो विद्युतीय एसयूभी ल्याउने बताएको छ। यस विद्युतीय एसयूभीको शोकेस समेत गरिसकेको छ। यसका साथै सुजुकीले वागनआर तथा जिम्नीको समेत विद्युतीय भर्सन ल्याउने बताएको छ।  

महिन्द्रा : एक्सयूभी७००, स्कर्पियो र थार 

महिन्द्राले पछिल्लो पटक सार्वजनिक गरेको र सफल भएका तीन मोडल एक्सयूभी ७००, स्कर्पियो र थार नै विद्युतीयमा आउने निश्चित भएको छ। महिन्द्राले नयाँ मोडलका विद्युतीय कार पहिलो सार्वजनिक गर्ने बताएका छ। त्यसैले यी तीन मोडलमध्ये थार ईभी केही पहिलो आउने अनुमान गरिएको छ। अन्य दुई मोडल एक्सयूभी७०० र स्कर्पियो ईभी भने अबको दुई वर्षमा बजारमा आउने छ। 

महिन्द्राका यी विद्युतीय सवारीले एक पटकको फुल चार्जमा ४ सय ५० किमिदेखि ५ सय किलोमिटरसम्म रेन्ज दिनेछ। 

हुन्डाई : एक्सटर र क्रेटा 

goldstar.jpg

हुन्डाईको क्रटा एसयूभी भारत तथा नेपाल दुवै बजारमा चर्चित गाडी हो। यो एसयूभी पनि विद्युतीय भर्सनमा आउने हुन्डाईले निश्चित गरेको छ। अहिले भारतमा क्रेटा ईभीमो धमाधम परीक्षण भइरहेको छ। यो ईभी पनि २०२४ को अन्त्यसम्ममा बजारमा आउने अनुमान गरिएको छ। 

त्यस्तै हुन्डाईले भारतमा मिडसाइजको अर्को ईभी २०२५ को अन्त्यसम्ममा सार्वजनिक गर्ने बताएको छ। साथै हुन्डाईले गएको वर्षमात्र सार्वजनिक गरेको एक्सटर पनि ईभीमा ल्याउने जनाएको छ। हाल हुन्डाईको कोना र आयोनिक फाइभ ईभी बजारमा उपलब्ध छन्। 

रेनो : क्वीड

goldstar.jpg

रेनोले आफ्नो चर्चित ह्याचब्याक कार क्वीडको पनि विद्युतीय भर्सन ल्याउने तय गरेको छ। रेनोले भारतीय बजारमा २०२४ को अन्त्यसम्ममा क्वीड ईभी बजारमा ल्याउने निश्चित भएको जनाएको छ। ह्याचब्याक सेगमेन्टका ईभीसँग प्रतिस्पर्धा गर्ने गरि रेनो क्वीड ईभी बजारमा आउने छ। 

यसका साथै किया, होन्डालगायत ब्रान्डले पनि नयाँ तथा पुराना चल्तिका मोडललाई विद्युतीयमा ल्याउने बताएका छन्। 


प्रकाशित : मंगलबार, कात्तिक २८ २०८००३:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend