मंगलबार, माघ ८ गते २०८१    
मंगलबार, माघ ८ २०८१
images
images

संसारभरका मानिस आप्रवासनका लागि किन अमेरिका नै रोज्छन्?

images
शुक्रबार, मंसिर १ २०८०
images
images
संसारभरका मानिस आप्रवासनका लागि किन अमेरिका नै रोज्छन्?

२०२१ मा अमेरिकामा १५ लाख ३० हजार नयाँ आप्रवासीहरु पुगेका छन्।

images
images

काठमाडौं- अमेरिका संसारका गरिब देशको मात्र नभइ विकासको गति लिँदै गरेका देशको मानिसको पनि सपनाको देश मानिन्छ। अमेरिका आफैँलाई आप्रवासीले पत्तालगाएको र आप्रवासीहरूले नै मिलेर बनाएको देशका रुपमा लिइन्छ। 

images
images
images

त्यसैले आप्रवासीहरूका लागि अन्य देशभन्दा अमेरिका सुरक्षित घरका रुपमा लिन्छन्। २०२१ सम्म आइपुग्दा अमेरिकामा ४ करोड ५३ लाख आप्रवासीहरूले बसोबास गर्दै आएका छन्। यी सबै मानिसहरू अन्यत्र जन्मिएर अमेरिकामा बसोबासका लागि पुगेका हुन्। अमेरिकामा रहेका आप्रवासीहरूको संख्या विश्वभरकै आप्रवासीको पाँचभागको एक भाग हो। 

images

अमेरिकामा कयौं मानिसहरू परिवार भएर, कामको खोजीमा र कठीन परिस्थितिबाट बच्न पुग्ने गरेका छन् र बिस्तारै त्यहीँ स्थायी बसोबासको प्रबन्ध मिलाउने गरेका छन्। त्यसो भए मानिसहरू अमेरिकातर्फ नै किन बसाईँ सर्न वा जान चाहन्छन् त? 

images
images
images

२०२१ मा मात्र अमेरिकामा १५ लाख नयाँ आप्रवासीहरू थपिएको तथ्यांक यूएस डिपार्टमेन्ट अफ स्टेटले सार्वजनिक गरेको छ। अमेरिका किन र केका लागि जान्छन् भन्ने बारे भिजुअल क्यापिटालिस्टले लेखेको छ। अमेरिकी स्टेट विभागले सार्वजनिक गरेको तथ्यांकका आधारमा यूएसएफ्याक्टसले २०२१ मा अमेरिका आउने आप्रवासीको कारण धेरै भएको उल्लेख गरेको छ। 

२०२१ मा किन आप्रवासीहरू अमेरिका आए? 

गैह्र पर्यटन भिसा, ग्रिनकार्डबाट आउने, शरणार्थी र अवैधरुपमा शरण लिन पुगेकाहरूको नयाँ तथ्यांकका आधारमा किन आए भन्ने केलाउन खोजिएको छ। मुख्यगरि काम, स्कुल, परिवार, सुरक्षा र डाइभर्सिटिका रुपमा अमेरिका आउने गरेका छन्। 

अमेरिकाले उत्कृष्ट क्षमता भएका, पेशागत वा अस्थायी रुपमा कृषिमा काम गर्न चाहनेका लागि ग्रिनकार्ड जारी गर्दै आएको छ। त्यसैगरि अमेरिकाले विद्यार्थी भिसा, अमेरिकी नागरिकको नातेदारका लागि पनि ग्रिनकार्ड जारी हुँदै आएको छ। 

२०२१ मा अमेरिकामा १५ लाख ३० हजार नयाँ आप्रवासीहरू पुगेका छन्। त्यसमध्ये भारतबाट गएका मध्ये ३.५ प्रतिशत कामका लागि, ५.६ प्रतिशत स्कुल, ४.१ प्रतिशत परिवार भएर भएका देखिएको छ। 

त्यस्तै चीनबाट गएका मध्ये ०.३ प्रतिशत कामका लागि, ६.१ प्रतिशत स्कुल, ०.९ प्रतिशत परिवार भएका कारण गएका छन्। अमेरिकाको छिमेकी देश मेक्सिकोबाट कामका लागि २३ प्रतिशत, स्कुलका लागि १.२ प्रतिशत, ३.५ प्रतिशत परिवार भएका कारण अमेरिका पुगेका हुन्। 

त्यस्तै युरोपबाट २०२१ मा अमेरिका गएका मध्ये ३.७ प्रतिशत कामका लागि, ६.२ प्रतिशत स्कुल, १.९ प्रतिशत परिवारका कारण पुगेका थिए। अफ्रिकाबाट गएकामध्ये १.७ प्रतिशत काम, १.७ प्रतिशत स्कुल, १.९ प्रतिशत परिवारका कारण अमेरिका पुगेका हुन्। त्यसैगरि भातर र चीन बाहेकका अन्य एसियाली देशहरूबाट अमेरिका गएका मध्ये ५.३ प्रतिशत काम, ७.१ प्रतिशत स्कुल र ५.४ प्रतिशत परिवार भएका पुगेका हुन्। 

अन्य अमेरिकी देशहरूबाट ३.७ प्रतिशत काम, ४.१ प्रतिशत स्कुल र ०.५ प्रतिशत परिवारका कारण अमेरिका पुगेकोमा बाँकी रहेका विश्वका देशबाट ०.५ प्रतिशत कामका लागि, ०.२ प्रतिशत स्कुल र १.१ प्रतिशत परिवारका कारण अमेरिका पुगेका हुन्। 

सबै देशहरूबाट सुरक्षा र डाइभरसिटी माध्यमबाट अमेरिका जानेहरूको संख्या ज्यादै न्यून रहेको छ। कामका लागि २०२१ मा अमेरिका पुग्ने नयाँ मानिसहरूको संख्या ६ लाख ३८ हजार ५ सय ५१ जना रहेका छन्। यसमध्ये सबैभन्दा धेरै ५५ प्रतिशत मेक्सिकोबाट गएका हुन्। त्यस्तै अध्ययनका लागि ४ लाख ९२ हजार १ सय ५३ जना अमेरिका पुगेका थिए। ती मध्ये धेरै एसियाली देशहरूबाट ३२.२ प्रतिशत भएका थिए। 

नेपालबाट पनि बर्सेनि हजारौँको संख्यामा मानिसहरू अध्ययन, ईडीभी वा परिवारको सदस्यका रुपमा अमेरिका पुग्ने गरेका छन्। त्यतिमात्र होइन सयौँ नेपालीहरू ५०औँ लाख रुपैयाँ तिरेर अवैध बाटोबाट अमेरिका पुगिरहेका हुन्छन्। 

संसारको सर्वशक्तिमान अमेरिकामा अवसरका बहुआयामहरू पाइन्छन्। उच्च शिक्षा, गुणस्तरीय जीवनयापन, सन्तानको भविष्यलगायत कारणले विश्वभरका मानिसको ध्यान अमेरिकामै बस्ने गरि आप्रवासनमा जाने रहर हुने गरेको छ। 


प्रकाशित : शुक्रबार, मंसिर १ २०८००४:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend