मंगलबार, माघ ८ गते २०८१    
मंगलबार, माघ ८ २०८१
images
images

३९ करोडभन्दा बढीले घट्यो टेलिकमको आम्दानी, खुद मुनाफामा पनि कमी

images
शनिबार, कात्तिक २५ २०८०
images
images
३९ करोडभन्दा बढीले घट्यो टेलिकमको आम्दानी, खुद मुनाफामा पनि कमी

कम्पनीको कुल सञ्चालन आय पनि ४९ करोड २५ लाख २१ हजार रूपैयाँले घटेको छ। खुद मुनाफामा पनि कमी आएको छ।

images
images

काठमाडौं- नेपाल टेलिकमको आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिनामा ३९ करोड रूपैयाँभन्दा बढी आम्दानी घटेको छ। टेलिकमले आज सार्वजनिक गरेको प्रथम त्रैमासिकको वित्तीय विवरणअनुसार चालु आवको प्रथम त्रैमासिक अवधि (२०८० आश्विन मसान्त) सम्मको कुल आय १० अर्ब ६४ करोड ८७ लाख ९३ हजार रूपैयाँ रहेको जनाइएको छ।

images
images
images

उक्त रकम गत आवको सोही अवधिको कुल आयको तुलनामा तीन दशमलव ५४ प्रतिशतले कमी हो। गत आवमा ११ अर्ब चार करोड ९० हजार रूपैयाँ आम्दानी भएको थियो। उक्त आम्दानीको तुलनामा चालु आवमा ३९ करोड १२ लाख ९७ हजार रूपैयाँले कमी भएको टेलिकमले जनाएको छ।

images

कम्पनीको कुल सञ्चालन आय पनि ४९ करोड २५ लाख २१ हजार रूपैयाँले घटेको छ। चालु आवको प्रथम त्रैमासिक अवधिसम्मको कुल सञ्चालन आय आठ अर्ब ५८ करोड ५० लाख ६३ हजार रूपैयाँ रहेको छ। उक्त रकम गत आवको सोही अवधिको कुल सञ्चालन आय नौ अर्ब सात करोड ७५ लाख ८४ हजार रूपैयाँको तुलनामा ४९ करोड २५ लाख २१ हजार रूपैयाँ (अर्थात्, ५.४३ प्रतिशत) ले कमी भएको टेलिकमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

images
images
images

चालु आवको प्रथम त्रैमासिक अवधिसम्मको खुद मुनाफामा पनि कमी आएको जनाएको छ। कम्पनीको खुद मुनाफा प्रथम तीन महिनामा दुई अर्ब दुई करोड ७४ लाख ३२ हजार रूपैयाँ रहेको छ। उक्त रकम गत आवको सोही अवधिमा दुई अर्ब २२ करोड ५५ लाख छ हजार रूपैयाँ रहेको थियो। गत आवको तुलनामा चालु आवमा १९ करोड ८० लाख ७४ हजार रूपैयाँ (अर्थात, ८.९० प्रतिशत) ले कमी भएको छ।

कम्पनीको प्रतिसेयर आम्दानी यस त्रैमासिक अवधिमा ४५.०५ रहेको छ। चालु आवमा राजस्व तथा खुद मुनाफामा परिवर्तन हुनुका प्रमुख कारणमा ओटीटी सेवाको बढ्दो प्रयोगक रहेको जनाइएको छ।

राष्ट्रको सञ्चार भएकोले बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिरहेको र लागतसमेत बढिरहेको जनाइएको छ। सेवाको दररेट निर्धारणसम्बन्धी नीति तथा नियमहरु परिवर्तन भएका कारणले सेवाको दररेटमा कटौती भई राजस्वमा प्रतिकूल असर पर्नुका साथै बैंक ब्याजदरमा भएको परिवर्तनका कारण वित्तीय आम्दानी करिब कमी भएको विज्ञप्तिमा उल्लेख गरिएको छ। रासस


प्रकाशित : शनिबार, कात्तिक २५ २०८००९:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend