मंगलबार, जेठ ६ गते २०८२    
मंगलबार, जेठ ६ २०८२
images
images

शान्ति बाटिकामा ‘काग’ सम्मेलन

images
शनिबार, कात्तिक २५ २०८०
images
शान्ति बाटिकामा ‘काग’ सम्मेलन

एकसय ७३ जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्ने कलाकार रमेश दुलालले आज २०औँ काग सम्मेलन गरेका हुन्।

images
images

काठमाडौं- प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने यमपञ्चक अर्थात् तिहारको पहिलो दिन काग तिहारका अवसरमा काग सम्मेलन गरिएको छ।

images
images
images

एकसय ७३ जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्ने कलाकार रमेश दुलाल ‘कागे’ले आज काठमाडौं शान्ति बाटिकामा आयोजित पत्रकार सम्मेलनमा कागको आवाज निकालेर काग बोलाउँदै ‘बीसौँ काग सम्मेलन’ सम्पन्न गरे। उनले १९ वर्षदेखि यसरी नै काग सम्मेलन गरिरहेको जानकारी दिए।

images
images

'विशेषगरी तिहारको परम्परालाई जोगाइराखौँ र सकारात्मक सन्देश दिउँ भन्ने उद्देश्यले हरेक वर्ष काग सम्मेलन गरिरहेको छु', दुलालले भने, 'यसलाई आउँदा वर्षमा पनि निरन्तरता दिनेछु।'  

images
images

बिहान गरिएको सम्मेलनमा करिब ४० मिनेटसम्म उनले बोलाएको काग एकै ठाउँमा झुम्मिएका थिए। यद्यपि अघिल्ला वर्षमा जस्तो कागको सङ्ख्या नरहेको कलाकार दुलालले बताए। उनले सम्मेलनको सुरुवात पश्चिम धनगढीबाट गरेका थिए। दाङ र इलाममा केही वर्ष काग सम्मेलन गरेपछि काठमाडौंमा गर्न थालिएको उनले जानकारी दिए।

'सपनामा काग कराएको देखेपछि मैले आवाज निकाल्न सुरू गरेको हुँ। त्यसपछि काग तिहारमा सम्मेलन गर्ने गरेको छु', कलाकार दुलालले भने। उनले मादल, सनाइ, सारङ्गी, पियानो, ड्रम सेट, मुर्चुङ्गा, गितारको धुनसमेत निकाल्ने गरेका छन्।

गाई, भैँसी र अन्य चराचुरुङ्गीको आवाज पनि दुरुस्तै निकाल्ने भएता पनि कलाकार दुलाल ‘काग’ को आवाज निकाल्ने व्यक्तिका रुपमा परिचित छन्। राष्ट्रिय सङ्गीतकर्मी संघको आयोजना तथा ह्याम्स हस्पिटल काठमाडौं र सन्दकपुर गाउँपालिका इलामको सहआयोजना सम्मेलन गरिएको थियो।


प्रकाशित : शनिबार, कात्तिक २५ २०८००७:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend