मंगलबार, जेठ ६ गते २०८२    
मंगलबार, जेठ ६ २०८२
images
images

राहत सामग्रीसहित उपप्रधानमन्त्री खड्का रुकुम पश्चिममा

images
शनिबार, कात्तिक २५ २०८०
images
राहत सामग्रीसहित उपप्रधानमन्त्री खड्का रुकुम पश्चिममा
फाइल तस्बिर

करिब एक हजार दुई सय परिवारलाई पुग्ने त्रिपाल लिएर उनी आज प्रभावित क्षेत्रमा पुगेका हुन्।

images
images

काठमाडौं- उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले भूकम्प प्रभावित क्षेत्रका सबै पीडितलाई राहत सामग्री उपलब्ध गराउने काम भइरहेको बताएका छन्।

images
images
images

भूकम्पपीडित परिवारका लागि राहत लिएर आज रुकुम पश्चिम पुगेका उपप्रधानमन्त्री खड्काले भूकम्प प्रभावितले समयमै राहत नपाएको विषयमा सरकार गम्भीर भएको उल्लेख गर्दै आइतबारसम्म सबै पीडितलाई राहत सामग्री पुर्‍याउने बताए। करिब एक हजार दुई सय परिवारलाई पुग्ने त्रिपाल लिएर उनी आज प्रभावित क्षेत्रमा पुगेका हुन्।

images
images

उपप्रधानमन्त्री खड्काले रूकुम पश्चिम पुर्‍याएको त्रिपालमध्ये जाजरकोटको भेरी नगरपालिका, रूकुम पश्चिमको चौरजहारी नगरपालिका र मुसिकोट नगरपालिकामा पाँच/पाँच सय तथा सल्यानको बाँफीकोट गाउँपालिकामा दुई सय ९२ र सल्यानकै त्रिवेणी गाउँपालिकामा पाँच सय वटा वितरण गरिनेछ।

images
images

यही कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएयता उपप्रधानमन्त्री खड्का भूकम्प प्रभावितको उद्धार र राहतमा सक्रिय छन्। स्थानीय तह र प्रशासन र प्रदेश सरकारसँग समन्वय गर्दै राहत अपुग स्थानमा क्षेत्रमा स्थल र हवाईमार्गमार्फत उनी राहत वितरण कार्यमा केन्द्रित छन्। रासस


प्रकाशित : शनिबार, कात्तिक २५ २०८००७:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend