बुधबार, मंसिर २० गते २०८०    

अरुण चौधरी फाउण्डेशनद्वारा भूकम्प प्रभावितलाई आपतकालीन राहत सामग्री प्रदान 

images
बिजनेस न्युज
images
अरुण चौधरी फाउण्डेशनद्वारा भूकम्प प्रभावितलाई आपतकालीन राहत सामग्री प्रदान 

सोही कुरालाई ध्यानमा राखेर संस्थाले अत्यावश्यक सामग्रीको अभाव कम गर्नको लागि  १६ टन राहत सामग्री उपलब्ध गराएको छ।

काठमाडौं- सीजी होल्डिंस अन्तर्गतको सीएसआर डिभिजन अरुण चौधरी फाउण्डेशन (एसीएफ)ले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई आपतकालीन राहत सामग्रीहरू प्रदान गरेको छ। 

images
images
images

जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लाहरुमा भूकम्पका कारण व्यापक क्षती भएको र हाल त्यहाँको जीवन निकै कष्टकर बन्दै गएको छ। 

images

उक्त क्षेत्रमा आधारभूत आवश्यकता जस्तै खाद्यान्न, औषधि, लत्ताकपडा र आवासको अभाव रहेको छ। सोही कुरालाई ध्यानमा राखेर संस्थाले अत्यावश्यक सामग्रीको अभाव कम गर्नको लागि १६ टन राहत सामग्री उपलब्ध गराएको छ। संस्थाले उक्त राहत प्याकेज जाजरकोटको नलगाड नगरपालिकाका मेयर डम्बरबहादुर राउतलाई सिधै हस्तान्तरण गरेको हो। 

images

स्वस्फुर्त एवं सक्रिय प्रयासको रुपमा सीजी होल्डिङ्सका कर्मचारीहरूले समेत स्वेच्छापूर्वक एक दिनको तलब उपलव्ध गराइ राहत प्याकेजमा योगदान दिएका हुन्। 

images

संस्थाले यस्तो कठिन समयमा सामूहिक प्रयासको महत्वलाई जोड दिँदै सबैलाई प्राकृतिक प्रकोपबाट प्रभावितहरूलाई हर तरहले सहयोग गर्नका लागि प्रोत्साहन गरेको छ। 

यो योगदानले भूकम्प प्रभावित क्षेत्रहरुमा तत्काल सहयोग गर्न महत्वपूर्ण भुमिका खेल्नेछ भन्ने विश्वास संस्थाले व्यक्त गरेको छ।


प्रकाशित : शुक्रबार, कात्तिक २४ २०८००८:४५
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ