बिहीबार , वैशाख २० गते २०८१    
images
images

काठमाडौं-तराई द्रुतमार्ग : ९५ प्रतिशत प्याकेजहरू ठेक्कामा, सुरुङ र पुल निर्माण धमाधम

images
images
images
काठमाडौं-तराई द्रुतमार्ग : ९५ प्रतिशत प्याकेजहरू ठेक्कामा, सुरुङ र पुल निर्माण धमाधम
images
images

काठमाडौं- पछिल्लो समय काठमाडौं-तराई द्रुतमार्गको काममा सरकारले चासो दिएपछि नेपाली सेनाले पनि काममा तीव्रता देखाएको छ। जसका कारण केही महिनायता कामले गति लिएको छ।

images
images
images

काठमाडौं-तराई जोड्ने द्रुतमार्गको कामको जिम्मा नेपाली सेनाले २०७४ बैशाख २१ गते नै पाएको भएपनि काममा सुस्तता देखिएको थियो। अहिले भने कामले तीव्रता पाएको छ। नेपाली सेनाका अनुसार मुख्यबिन्दु खोकनाबाहेक अन्य क्षेत्रमा खासगरी सुरुङ र पुलको काम धमाधम भइरहेको छ। 

images

सेनाका अनुसार काठमाडौं तराई-मधेश दूतमार्ग सडकको करिब ९५ प्रतिशत प्याकेजहरू कार्यान्वयन तथा खरिद प्रक्रियामा प्रवेश गरेको जनाएको छ। द्रुतमार्ग निर्माणको भौतिक प्रगति २७.१९ प्रतिशत सम्पन्न भएकोसमेत जनाएको छ।

images

२०७४ साल मंसिरबाट नेपाली सेनाको जनशक्ति तथा राष्ट्रियस्तरका निर्माण व्यवसायीमार्फत काम सुरु गरेको थियो। विगतमा ७२ किलोमिटर लाम्बाइ भने पनि पछिल्लो समय संशोधन गरेर ७०.९७७ किलोमिटरमा झारिएको छ।

images
images

प्रस्थान बिन्दु खोकना रहेको आयोजनाको अन्तिम बिन्दु निजगढ रहेको सडकको चौडाइ भने पहाडी क्षेत्रमा २५ मिटर तराई क्षेत्रमा २७ मिटर हुने छ। ६ स्थानमा हुने सुरुङ मार्गको लम्बाइ नै १०.०५५ किलोमिटर हुने छ।

fast track (2).jpg

कहाँ कहाँ बन्दैछ सुरुङ र पुल? 

६ स्थानमा गरेर १०.०५५ किलोमिटर लम्बाइ हुने सुरुङमा यतिवेला काम आयोजनाले गरिरहेको छ। जसमा देविचौर सुरुङ १ किलोमिटर, सिसौटार सुरुङ ०.३९ किलोमिटर, चन्द्रम भीर सुरुङ २.२५ किलोमिटर, महादेवडाँडा सुरुङ ३.३५५ किलोमिटर, धेद्रे सुरुङ १.४३०, लेनडाँडा १.४३० किलोमिटरको सुरुङ बन्ने छ। 

द्रुत मार्गमा ठूला र लामो पुल पनि तयार हुँदैछ। ८९ वटा पुलको लम्बाइ १२.८८५ किलोमिटर रहने छ। अहिले पुलको काम समेत आयोजनमा धमाधम भइरहेको छ। लामो समयदेखि सुरुङ र पुलको ठेक्का लगाउन नसकेको सेनाले चालु वर्षदेखि भने धमाधम काम गरिरहेको छ। निर्माण कम्पनीहरूलेले पनि कामलाई तीव्रता दिएका छन्। 

हालसम्म निर्माणाधिन तीन वटा सुरुङ्गमार्गहरूको जम्मा लम्बाई ६.४१५ किलोमिटर मध्ये ३.१५३ किलोमिटर अर्थात ४९.१६ प्रतिशत सुरुङ्ग निर्माण कार्य सम्पन्न भएको छ। महादेवटार सुरुङमार्गको जम्मा लम्बाई २.३४५ किलोमिटर मध्ये हालसम्म ५.४९० किलोमिटर निर्माण कार्य सम्पन्न भएको छ।

धेद्रे सुरुङ्गमार्गको जम्मा लम्बाई १.६३ किलोमिटर मध्ये हालसम्म ८०६ मिटर सुरज निर्माण कार्य सम्पन्न भएको छ। लेनडाँडा सुरुङमार्गको जम्मा लम्बाई १.४३ किलोमिटर मध्ये हालसम्म ८५७ मिटर सुरुङ निर्माण कार्य सम्पन्न भएको छ।

आयोजना अन्तर्गत हालसम्म ठेक्का व्यवस्थापन भइ कार्यन्वयनमा रहेका प्याकेज नं १ देखि ५ सम्मका४५ वटा पुलहरूको डिजाईन सम्पन्न भइसकेका १ हजार ७ सय ६८ वटा पाइल हरू मध्ये १ हजार १ सय ७५ वटा पाइल निर्माण कार्य सम्पन्न भएको छ।

fast track (3).jpg

कहिले सकिएला?

२०८० साल वैशाखमै आयोजना सम्पन्न हुने भनिएपनि नसकिने भएपछि  आयोजनाको समयावधी २०८३ चैत्र मसान्तसम्म थप गरिएको छ। २०८० साल श्रावण ३० मते आयोजनाको परिमार्जित विस्तृत आयोजना प्रतिवेदन स्वीकृत गरिएको थियो। सोही अनुसार अहिले काम जारी रहेको छ।

सेनाका अनुसार आर्थिक वर्ष २०८०/८१ असोज मसान्त सम्मको समष्टीगत भौतिक प्रगति २७.१९ प्रतिशत तथा समष्टिगत वित्तीय प्रगति मोविलाईजेशन सहित २९.३२ प्रतिशत रहेको छ। आयोजनाको समष्टिगत कार्य योजना मुताविकका ११ वटा कलस्टर अन्तर्गतका जम्मा १३ वटा निर्माण प्याकेजहरू मध्ये प्याकेज नं १ देखि ७ सम्मका प्याकेजहरू निर्माणाधिन रहेको रहेको समेत सेनाले जनाएको छ। 

अहिले सिस्नेरी तथा मवेशिखण्ड अन्तर्गत  ८ क, ९ क र ९ ख को दुतमार्गको मख्खुबेशि तथा सिस्नेरी खण्डको प्याकेज नं ८ क, ९ क र ९ ख को २०८० भाद्र १३ गते बोलपत्र खोलुवा भइ मूल्याइन भइरहेको समेत सेनाले जानकारी दिएको छ।

द्रुतमार्गको मख्खुबेशि खण्डमा पर्ने प्याकेज नं ८ को मिति २०८० कात्तिक १३ गते आवहान भएको थियो। द्रुतमार्गको महादेवटार खण्डमा पर्ने प्याकेज नं.१० को २०८० भाद्र ५ आह्वान भइ मूल्याङ्कन प्रक्रियामा रहेको थियो।

आयोजनाको करिव ९५ प्रतिशत प्याकेजहरू कार्यान्वयन तथा खरिद प्रक्रियामा प्रवेश गरिसकेको समेत सेनाले जनाएको छ। प्याकेज नं ११ अन्तर्गत पर्ने खोकना ईलाकामा दुतमार्गको सुरुबिन्दु निर्धारण, व्यवस्थापनसम्बन्धी निर्णय र जग्गा अधिग्रहण विवाद समाधान पश्चात खरिद प्रक्रिया सुरु गर्ने समेत सेनाको तयारी छ।  

fast track (4).jpg

जग्गा अधिग्रहण

आयोजना निर्माणको लागि अधिग्रहण गर्नुपर्ने जम्मा १५ हजार ४ सय १६ रोपनी जग्गा मध्ये सरकारी जग्गा १० हजार २ सय ४४ र व्यक्तिगत जग्गा ५ हजार १ सय ७२ रोपनी रहेको छ।

अधिग्रहणको सूचनामा प्रकाशित व्यक्तिगत जग्गा ५ हजार १ सय ७२ रोपनी मध्ये हालसम्म ४ हजार ७ सय ६६ रोपनी जग्गा अधिग्रहण भइसकेको छ भने ४०६ रोपनी जग्गा अधिग्रहण हुन बाँकी रहेको रहेको सेनाले जनाएको छ।

हालसम्म कटान गरिएका रुखहरूको बदलामा १ अनुपात २५ का दरले ७ लाख १६ हजार १ सय ५० बिरुवाहरू रोप्नु पर्नेमा हालसम्म जम्मा ५४५ हेक्टरमा ६ लाख ६५ हजार २ सय ८५ विरुवा रोप्ने कार्य सम्पन्न भइसकेको छ।

नेपाली सेनाले निर्माण व्यवस्थापनको जिम्मा लिएपछि काठमाडौं-तराई द्रुतमार्ग आयोजनाको लागत १ खर्ब १० अर्ब रुपैयाँबाट १ खर्ब ७५ अर्ब रुपैयाँ पुर्‍याइयो छ। पछिल्लो पटक यो आयोजनाको घोषित लागत २ खर्ब १३ अर्ब रुपैयाँ पुगेको छ।

images

प्रकाशित : आइतबार, कात्तिक २६ २०८००१:५०

प्रतिक्रिया दिनुहोस