बुधबार, मंसिर २० गते २०८०    

म्याक एडब्लू र म्याक टाइटानियम लुब्रिकेन्ट्स नेपाली बजारमा सार्वजनिक

images
images
म्याक एडब्लू र म्याक टाइटानियम लुब्रिकेन्ट्स नेपाली बजारमा सार्वजनिक

म्याकका नयाँ दुई प्रोडक्ट एडब्लू र टाइटानियम नेपाली बजारमा सार्वजनिक गरिएको छ।

काठमाडौं- भारत पेट्रोलियम कर्पोरेशन लिमिटेडद्वारा उत्पादित विश्व प्रसिद्ध म्याक लुब्रिकेन्ट्सका नयाँ दुई प्रोडक्ट एडब्लू र टाइटानियम नेपाली बजारमा सार्वजनिक गरिएको छ।

images
images
images

नेपालका लागि म्याक लुब्रिकेन्ट्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले म्याक लुब्रिकेन्ट्ससँगको सहकार्यको २१ वर्ष पूरा भएको अवसरमा म्याकका नयाँ दुई प्रोडक्ट एडब्लू र टाइटानियम नेपाली बजारमा सार्वजनिक गरेको हो।

images

कार्यक्रममा भारत पेट्रोलियम कर्पोरेशन लिमिटेडका तर्फबाट कार्यकारी निर्देशक पि सुधाहर, हेड ल्युव, ईस्ट्रन रिजन स्ट्राटिजि अमरप्रित सिंह आलुवालिया, डिजिटल ट्रान्सफरमेशन चिफ म्यानेजर मनिन्दर सिंह उपस्थित थिए।

images

यस्तै सिप्रदी ट्रेडिङका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठ, प्रमुख सञ्चालन अधिकृत राजेश प्रसाद गिरी, चिफ म्यानेजर दिनेश केसीका साथै म्याकका नेपालभर रहेका डिलरहरुको उपस्थिति रहेको थियो।

images

कार्यक्रममा उपस्थितहरुलाई स्वागत गर्दै प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले आगामी योजनाको बारेमा प्रष्ट पारेका थिए। आफ्ना च्यानल पार्टनरहरुलाई सम्बोधन गर्दै उनले आवश्यक सिप तथा तालिमका लागि कम्पनीका तर्फबाट पूर्णरुपमा सहयोग गर्न तयार रहेको र समृद्धिका लागि हरदम सँगै रहने प्रतिबद्धता व्यक्त गरे।

कम्पनीका चिफ म्यानेजर केसीले कम्पनीको आगामी कार्ययोजना र उद्देश्यको बारेमा स्पष्ट पारेका थिए।

उक्त कार्यक्रममा भारत पेट्रोलियम कर्पोरेशन र सिप्रदी ट्रेडिङका प्रतिनिधिहरुद्वारा सिक्का एप सार्वजनिक गरिएको थियो। आफ्ना च्यानल पार्टनरहरुको व्यवसायलाई आधुनिक तथा व्यवस्थित गर्नका लागि सो एप अत्यन्त उत्कृष्ट माध्यम हुने विश्वास पनि व्यक्त गरिएको छ।

कार्यक्रममा नेपालभर रहेका सिप्रदीसँग आबद्ध डिलरहरुमध्ये उत्कृष्ट डिलरहरुलाई विभिन्न विधामा पुरस्कृत तथा सम्मान गरिएको थियो। सो कार्यक्रमको अन्त्यमा कम्पनीको तर्फबाट प्रमुख सञ्चालन अधिकृत गिरीले सबै सहभागीहरुलाई बधाई दिँदै उपस्थित सम्पूर्ण व्यक्तित्वहरुलाई धन्यवाद ज्ञापन गरे। साथै कम्पनीले अपनाउने आगामी रणनीति व्यक्त गर्दै हातमा हात मिलाएर निरन्तर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए।


प्रकाशित : बिहीबार , कात्तिक २३ २०८००८:५८

प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ