काठमाडौं- सरकारले काठमाडौं मूलपानी, चितवन र विराटनगरमा निर्माणाधीन क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेकाे छ।
आज बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले यी तीन क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेर निर्माण अघि बढाउने निर्णय भएको सरकारका प्रवक्तासमेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिएकी छिन्।
क्रिकेटमा नेपालको निकै राम्रो सम्भावना देखिएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय क्रिकेट टिमका खेलाडीसँगको भेटमा नै रंगशाला निर्माण राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत राख्ने बताएका थिए।