शनिबार, साउन १२ गते २०८१    
images
images
images

पर्यटनमन्त्री आले- टेन्डरदेखि भ्रमणसम्म नजर, तर क्यानको काम रोकिँदासमेत बजेट पारित गरेनन्

images
बुधबार, मंसिर ८ २०७८
images
images
पर्यटनमन्त्री आले- टेन्डरदेखि भ्रमणसम्म नजर, तर क्यानको काम रोकिँदासमेत बजेट पारित गरेनन्

चलखेल तथा आर्थिक लाभका आउनेवित्तिकै नजर पुर्‍याएका मन्त्रीले नियामकको बजेट पारितमा भने खासै ध्यान दिएका छैनन्। 

images

काठमाडौं- नेकपा एकीकृत समाजवादीका नेता प्रेम आले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएको एक महिना बढी भइसक्यो। 

images
images

मन्त्री भएको एक महिना नबित्दै दुई देशको भ्रमणसमेत गर्न भ्याइसके। मन्त्री भएपछि जस्तोसुकै भ्रमण पनि नछाड्ने नेपाली नेताको बिरासतलाई निरन्तरता दिँदै उनी भारतीय एउटा हस्पिटालिटी समूहको वार्षिक कार्यक्रममा समेत गएर आइसके। 

images

लन्डनमा भएको ट्राभल मार्टमा समेत गएर आइसकेका आले यो बीचमा भने कुनै पनि राजकीय भ्रमणमा भने गएका होइन। निजी कार्यक्रममा उनी विदेश गएका हुन्। 

मन्त्री भएको दिनदेखि निर्देशन दिनमै व्यस्त रहेका आलेले गर्नैपर्ने काम भने गरेका छैनन्। यसरी उनले काम नगर्दा सरकारी संस्थाको काम कारबाहीसमेत प्रभावित हुने अवस्था सिर्जना भएको छ।

images

निजी संस्थाका कार्यक्रमका लागि विदेश दौडिन हतार गर्ने मन्त्रीले समय नदिँदा नेपाल नागरिक उड्डयन प्राधिकरणको बजेटसमेत पारित हुन सकेको छैन। आर्थिक वर्ष सुरु भएको चार महिना बितिसक्दा पनि प्राधिकरणको बजेट अझै पारित भएको छैन। 

प्राधिकरणको बजेट सञ्चालक समितिले पारित गर्नुपर्छ। प्राधिकरणको सञ्चालक समिति अध्यक्ष पर्यटनमन्त्री हुन्छन्। 

बजेट पारित हुन ढिला हुँदा देशभरका विमानस्थल पूर्वाधार निर्माणको काम रोकिने जोखिम बढेको प्राधिकरणका स्राेतकाे भनाइ।

'अहिले सञ्चालक समितिका सदस्यहरूले कार्यव्यस्तता देखाइरहनुभएको छ। अब पनि बजेट पारित भएन भने देशभरका पूर्वाधारको बजेट रोकिने खतरा बढेको छ'  स्राेतले भन्याे। 

बजेट पारित गर्नै समय नदिने मन्त्री आले भने भ्रमण मात्र होइन आफूलाई लाभ हुने ठेक्का पट्टाको अध्ययन भने गरिरहेका छन्। केही समयअघि आले आउनुअघि नै प्रकाशित भएको एउटा टेन्डर रद्ध गर्न लगाएका थिए। पर्यटन विभागको उक्त टेन्डरबाट आफूले लाभ लिने अवस्था नभएपछि आलेले नयाँ टेन्डर निकाल्न निर्देशन दिएका छन्। 

आफू निकटलाई ठेक्का दिन मिल्ने गरी मापदण्ड राखेर टेन्डर निकाल्नका लागि अहिले आलेले विभागलाई दबाब दिइरहेका छन्। चलखेल तथा आर्थिक लाभका आउनेवित्तिकै नजर पुर्‍याएका मन्त्रीले नियामकको बजेट पारितमा भने खासै ध्यान दिएका छैनन्। 


प्रकाशित : बुधबार, मंसिर ८ २०७८०६:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend